ग्रीसमा भीषण डढेलो, १८ जनाको शव फेला « Khabarhub

ग्रीसमा भीषण डढेलो, १८ जनाको शव फेला


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एथेन्स- उत्तरी ग्रीसको जंगली क्षेत्रमा विगत चार दिनदेखि लागेको डढेलोका कारण मृत्यु भएका १८ जनाको शव फेला परेको छ । डढेलोबाट प्रभावित क्षेत्रमा १८ जनाको शव फेला परेको ग्रीक दमकल सेवाले जनाएको छ ।

प्रारम्भीक रिपोर्टमा मृत्यु हुनेहरू आप्रवासी रहेको हुनसक्ने अनुमान गरिएको छ । टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त भएको छ ।

डढेलोका कारण अलेक्जान्ड्रोपोलिस सहरको एउटा अस्पताल खाली गर्नुपरेको छ । यसका कारण त्यहाँ उपचाररत नवजात शिशु र सघन हेरचाहका बिरामीहरू प्रभावित भएका छन् ।

अलेक्जान्ड्रोपोलिसको उत्तरमा रहेको ठूलो जङ्गल भएको डाडिया राष्ट्रिय निकुञ्जमा सोमबारदेखि आगो तीव्र गतिमा फैलिएको थियो । आपतकालीन सेवाहरूले वरपरका क्षेत्रहरूमा मानिसहरूलाई छोड्न आग्रह गर्दै मोबाइल सन्देशहरू पठाएका छन् ।

मङ्गलबार यस क्षेत्रका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने तीव्र हावाका कारण पनि ग्रीसका विभिन्न भागमा आगलागी भइरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार