ग्रीसमा भीषण डढेलो, १८ जनाको शव फेला « Khabarhub

ग्रीसमा भीषण डढेलो, १८ जनाको शव फेला


६ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एथेन्स- उत्तरी ग्रीसको जंगली क्षेत्रमा विगत चार दिनदेखि लागेको डढेलोका कारण मृत्यु भएका १८ जनाको शव फेला परेको छ । डढेलोबाट प्रभावित क्षेत्रमा १८ जनाको शव फेला परेको ग्रीक दमकल सेवाले जनाएको छ ।

प्रारम्भीक रिपोर्टमा मृत्यु हुनेहरू आप्रवासी रहेको हुनसक्ने अनुमान गरिएको छ । टर्कीको सिमानाबाट नजिक रहेको उत्तर पूर्वी ग्रीसको इभ्रोस क्षेत्र आगोले ध्वस्त भएको छ ।

डढेलोका कारण अलेक्जान्ड्रोपोलिस सहरको एउटा अस्पताल खाली गर्नुपरेको छ । यसका कारण त्यहाँ उपचाररत नवजात शिशु र सघन हेरचाहका बिरामीहरू प्रभावित भएका छन् ।

अलेक्जान्ड्रोपोलिसको उत्तरमा रहेको ठूलो जङ्गल भएको डाडिया राष्ट्रिय निकुञ्जमा सोमबारदेखि आगो तीव्र गतिमा फैलिएको थियो । आपतकालीन सेवाहरूले वरपरका क्षेत्रहरूमा मानिसहरूलाई छोड्न आग्रह गर्दै मोबाइल सन्देशहरू पठाएका छन् ।

मङ्गलबार यस क्षेत्रका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ भने तीव्र हावाका कारण पनि ग्रीसका विभिन्न भागमा आगलागी भइरहेको छ ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ९ : ०४ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६