संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क जाने, मन्त्रिपरिषदद्वारा भ्रमण स्वीकृत « Khabarhub

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क जाने, मन्त्रिपरिषदद्वारा भ्रमण स्वीकृत


६ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमणलाई स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जान प्रधानमन्त्री प्रचण्डलाई स्वीकृति प्रदान गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । यो निर्णयसँगै प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान बाटो खुलेको छ ।

यही भदौ अन्तिम साता प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका हुन् । सेप्टेम्बर १० देखि अमेरिकाको न्यूयोर्कमा महासभा हुँदैछ ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ११ : २७ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४