प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल | Khabarhub Khabarhub

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । मकवानपुरको हर्नामाणीस्थित ठूलो दमार प्रहरी चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरीले दिने सेवालाई  छिटोछरितो र थप प्रभावकारी बनाउन प्रविधिसँग जोड्नुपर्ने बताएका हुन् ।

“आफू प्रदेशको कानुनमन्त्री हुँदा ४१ प्रहरी चौकी निर्माणका लागि बजेट विनियोजन गरिएको थियो”, उनले भने, “प्रदेशभित्र जीर्ण अवस्थामा रहेका सबै प्रहरी चौकी निर्माणका लागि प्रदेश सरकार लागिपरेको छ ।”

प्रदेश सरकारअन्तर्गतका प्रहरी कार्यालयहरुले ‘प्रहरी मेरो साथी’ भन्ने अवधारणा अनुरुप काम गरिरहेका भन्दै मुख्यमन्त्री जम्कट्टेलले व्यवस्थित र सुविधा सम्पन्न भवन भएमा प्रहरीलाई सेवा प्रवाहमा थप सहजता हुने बताए । उनले अब बन्ने सबै भवन प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै हेटौँडा–१८ डिपो चौरमा प्रहरी अस्पताल निर्माणका लागि प्रदेश सरकारले रू तीन करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रहरी सेवामा थुप्रै अभाव भए पनि शान्ति सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रहरी सेवालाई प्रदेशमा समायोजन गरेपछि विद्यमान सबै समस्या समाधान हुने बताए । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरी सेवालाई प्रदेश मातहतमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै समायोजनपश्चात् समस्या समाधान हुने बताए ।

उनले यस वर्ष प्रहरी भवन निर्माणका लागि बजेट विनियोजन नभए पनि जीर्ण अवस्थामा रहेका चौकी मर्मतका लागि बजेट नरोकिने जानकारी दिए । ठूलो दमार प्रहरी चौकीमा १८ जना जनशक्ति रहनसक्ने गरी साढे दुई तले कार्यालयसहित ब्यारेक भवन निर्माण गरिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले जानकारी दिए ।

उनका अनुसार भवन निर्माणका क्रममा रू दुई करोड ३५ लाख ८६ हजार खर्च भएको छ । प्रदेशमा पहिलो चरणमा ४६ र दोस्रो चरणमा दुई गरी ४८ प्रहरी इकाइको निर्माण सम्पन्न भई समुद्घाटनसमेत भइसकेको राणाले बताए ।

कार्यक्रममा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश सचिव ध्रुव गैडा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १ : २९ बजे

भोलि १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु १० अर्बको पाँच

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीले गरे सडकमै हाजिर

काठमाडौँ– नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य

लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री महत 

काठमाडौँ– साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी

तिलोत्तमा नगरमा आइतबार सार्वजनिक बिदा

बुटवल- थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रूपन्देहीको तिलोत्तमा