पाकिस्तानी फौजको सुरक्षा कारवाहीमा चार आतङ्कवादी मारिए « Khabarhub

पाकिस्तानी फौजको सुरक्षा कारवाहीमा चार आतङ्कवादी मारिए


६ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लामा सुरक्षा फौजले गरेको पछिल्लो कारवाहीमा चार जना आतङ्कवादी मारिएका छन् ।

वजिरिस्तानको अस्मान मञ्जामा मङ्गलबार आतङ्कवादीसँग भएको दोहोरो झडपमा छ जना सैनिक जवान शहीद भएका सेनाको सञ्चार विभागले आज जनाएको हो । कारवाहीमा दुई जना आतङ्कवादी पनि घाइते भएका छन् । झडप भएको स्थानबाट आतङ्कवादीलाई निमिट्यान्न पार्न विशेष कारवाही जारी रहेको जनाइएको छ । साथै सेनाले देशबाटै आतङ्कवादलाई निर्मूल गर्न प्रतिबद्ध रहेको बताएको छ ।

यसैबीच, पूर्वप्रधानमन्त्री एवं पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शेहवाज शरिफले सुरक्षा फौजको प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा उनले देशको राष्ट्रिय सेनालाई आफ्नो दलको पूर्ण समर्थन रहेको उल्लेख गर्दै आतङ्कवादलाई परास्त गर्न पाकिस्तानी सैनिकलाई सफलता मिल्ने विश्वास व्यक्त गरको छन् । साथै उनले शहादत प्राप्त गरेको सैनिक जवानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गत वर्ष नोभेम्बरमा प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तानले सरकारसँगको युद्धविराम भङ्ग गरेपछि विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा आतङ्कवादी गतिविधिमा वृद्धि भइरहेको बेला सुरक्षा फौजले उक्त प्रान्तमा विशेष अभियान सञ्चालन गरेको छ ।

यसैबीच, खैबर पख्तुनख्वाको बारा क्षेत्रमा गुप्तचर सूचनामा आधारित कारवाहीका क्रममा दुई जना आतङ्ककारी मारिएका पाकिस्तानी सेनाको सञ्चार विभागलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डनले जनाएको छ । यसै साताको प्रारम्भमा उत्तरी वजिरिस्तानको रामजाक क्षेत्रमा गरिएको कारवाहीमा पनि दुई जना आतङ्ककारी मारिएका थिए ।

अन्तरसेवा जनसम्पर्क महानिर्देशक मेजर जनरल अहमद शरीफ चौधरीले गत जुनमा आयोजित एक पत्रकार सम्मेलनमा यो वर्ष गुप्तचर सूचनामा आधारित १३ हजार एक सय १७ वटा सुरक्षा कारवाही सञ्चालन गरेर एक हजार एक सय ७२ जना आतङ्कारीलाई मारेको बताएका थिए ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  २ : ३९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया