महिला टी-ट्वान्टी आई सिरिज : नेपालद्वारा कुवेत पराजित | Khabarhub Khabarhub

महिला टी-ट्वान्टी आई सिरिज : नेपालद्वारा कुवेत पराजित


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जितसँगै नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रनमा समेटियो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा एक चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका लागि इन्दु बर्माले तीन तथा खुसी डङ्गोलले दुई विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान एक-एक विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८९ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । विन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाइन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि मरिन्मा हैदरले चार विकेट र मरयाम ओमरले दुई विकेट लिइन् । उक्त  सिरिजमा नेपाल दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा छ । अब नेपालले आफ्नो तेस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ६ : ०० बजे

आफ्नो पासवर्डलाई बलियो कसरी बनाउने ?

काठमाडौं– हामी सबै प्रविधि मैत्री भएका छौ । हामीले प्रयोग

मन्त्रिपरिषदले पारित गर्‍याे नीति तथा कार्यक्रम

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम

क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासमा

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको सुनुवाईको

सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी