दफावार छलफलका लागि समितिमा पठाइयो नेपाल विश्वविद्यालय विधेयक « Khabarhub

दफावार छलफलका लागि समितिमा पठाइयो नेपाल विश्वविद्यालय विधेयक


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेका थिए ।

सभामुख देवराज घिमिरेले यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा सर्वसम्मतिले स्वीकृत भएको हो । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गरिएको विषय पनि जानकारी गराइएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष पेश गरेका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि, २०८० गत असार ३० मसान्तसम्म रहेकोमा शान्ति प्रक्रियाको काम बाँकी रहेकाले दुवै आयोगको कार्यावधि, २०८० पुस मसान्तसम्ममा रहने गरी मन्त्रिपरिषद्बाट आदेश जारी गरिएको बेहोरा मन्त्री गुरुङले सदनलाई जानकारी गराएका थिए ।

त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकले १० वा सोभन्दा बढी दिनसम्म बैठकमा अनुपस्थित भएका सांसदको अनुपस्थितिको सूचना पनि स्वीकृत गरेको छ । सांसद दुर्लभ थापा क्षेत्री, मनोरमा शेरचन, विनोदकुमार चौधरी, डा चन्द्रकान्त भण्डारी, बिनाकुमारी थनेत, वर्षमान पुन, आशा बिक, नारायण खड्का, जीवन परियार, विष्णुकुमार कार्की, धवल शमशेर जबरा, किशोर सिंह राठौर, ज्ञानबहादुर शाही, सपना राजभण्डारी, चन्द्रा चौधरी र लालप्रसाद साँवा लिम्बू लगातार १० वा सोभन्दा बढी दिन संसद् बैठकमा अनुपस्थित रहेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ३६ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग