चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्रीले दिए भारतलाई बधाई | Khabarhub Khabarhub

चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्रीले दिए भारतलाई बधाई


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् । उनले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था ९आइएसआरओ० का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताए । उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गरेका छन्। भारतले आज चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ८ : ०९ बजे

आर्यन, पल र प्रदीप एउटै फिल्ममा

काठमाडौं – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि

निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

गण्डकीमा तीस हजार सवारीसाधनको कर उठेन

गण्डकी – गण्डकी प्रदेशमा दर्ता भएका झन्डै ३० हजार सवारीसाधनका

सिरहामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

सिरहा – सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु