रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु « Khabarhub

रूसद्वारा युक्रेनी विद्यालयमा आक्रमण, चार जनाको मृत्यु


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा रूसी आक्रमणमा परी चार जनाको मृत्यु भएको छ । युक्रेनमा जारी युद्ध १९ औँ महीनामा प्रवेश गरेको बेला रुससँग सीमा जोडिएको सुमी क्षेत्रमा विद्यालय परिसरमा आक्रमण भएको छ ।

रूसको बेल्गोरोड क्षेत्रमा भएको एक अर्को आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने युक्रेनद्वारा रूसी राजधानी मस्कोमा लगातार छैटौं रात ड्रोन आक्रमण भएको छ ।

कीएभबाट २३० किलोमिटर पूर्वमा रहेको युक्रेनको रोम्नी गाउँमा विद्यालयमा आक्रमण भएको थियो । उद्धारकर्ताहरूले विद्यालयका निर्देशक, उपनिर्देशक, सचिव र लाइब्रेरियनको शव भग्नावशेषमुनि फेला पारेका थिए ।

युक्रेनका गृहमन्त्री इगोर क्लाइमेन्कोले भने, “रोमीको एक विद्यालयमा रूसी आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

मन्त्री क्लाइमेन्कोका अनुसार विद्यालयमा काम गर्ने चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । उनले भग्नावशेषले ढाकिएको भवनको फोटो पोस्ट गरेका छन् । तस्वीरमा एक दर्जन उद्धारकर्ताहरूले घटनास्थल सफा गरेका देख्न सकिन्छ ।

क्लाइमेन्कोले भने, “फोटोमा, विद्यालयको भग्नावशेषको बीचमा सुरक्षाका लागि विश्रामगृह रहेको एउटा प्रवेशद्वार पनि देखिएको छ । भाग्यबस, आक्रमणको चेतावनीको साइरन बझ्न थालेपछि मानिसहरू त्यहाँ नगएर अन्यत्र भागेकोले थप क्षति हुनबाट जोगिएको छ ।”

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : २७ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित