झापामा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

झापामा करेन्ट लागेर एक जनाको मृत्यु


६ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

झापा – अर्जुनधारा नगरपालिका–९ निवासी एक युवाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताए ।

उनका अनुसार ममतालाई करेन्ट लागेपछि बचाउन खोज्दा उहाँलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते हुनुभएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा अमृतको बाटैमा मृत्यु भएको उनको भनाइ छ ।

ममताको अवस्था मध्यम रहेको र हाल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अमृतको शवलाई कानूनी प्रक्रिया पूरा गरीे शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

इलाम नगरपालिका–२ स्थायी घर भएका रेग्मी परिवार केही समयदेखि अस्थायीरूपमा अर्जुनधारा–९ कटहरडाँडामा बसोबास गर्दै आएका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : ३७ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा