सामाजिक सञ्जालमा लेखिने ‘रिप’ शब्दको अर्थ के हो ? « Khabarhub

सामाजिक सञ्जालमा लेखिने ‘रिप’ शब्दको अर्थ के हो ?


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय सामाजिक सञ्जालमा धेरै देखिने शब्द हो ‘रिप’ । कसैको मृत्युको खबर सुन्ने वा देख्ने बित्तिकै सामाजिक सञ्जालमा जसले पनि ‘रिप’ लेखेका हुन्छन् । रिप को खास अर्थ के हो ?

खासमा कसैको मृत्युमा श्रद्धाञ्जली या समवेदनामा रिप लेख्ने गरिन्छ । यो एउटा फेसन नै बनिसकेको छ भन्दा पनि फरक नपर्ला । पक्कै तपाईँले पनि धेरै पटक आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको होला । आखिर के हो त रिप भनेको ? आउनुहोस् आज हामी यसैको बारेमा कुरा गर्ने छौँ ।

सन् १८०० को शताब्दीमा ल्याटिन शब्द रेक्विएस्काट इन पेसबाट सुरु भएको यो शब्दको पुरा रूप ‘रेस्ट इन पिस’ हो । जसको अर्थ ‘शान्ति सङ आराम गर’ हुन्छ ।

यो शब्द उनीहरूको लागि उपयुक्त हुन्छ जसलाई एउटा सुरक्षित बाकस (शव बाकस) मा राखेर गाडिने गरिन्छ ।

इसाई र मुस्लिम धर्म मान्नेहरूको मान्यता अनुसार जुन दिन ‘जजमेन्ट डे’ अथवा ’कयामत को दिन’ (प्रलय) आउनेछ त्यस दिन जति पनि गाडिएका शवहरू छन् ती सबै पुनर्जीवित हुन्छन् । त्यसैले उनीहरूलाई लक्षित गर्दै त्यस दिनको पर्खाइमा शान्तिपूर्ण आराम गरी बस्नु भनिएको हो ।

तर हिन्दु धर्मशास्त्र अनुसार शरीर एउटा नश्वर (नाश हुने) हो र आत्मा अमर हुन्छ । त्यसैले हिन्दु शरीरलाई जलाउने गरिन्छ । यसरी हेर्दा लागि ’रेस्ट इन पिस’ को कुनै अर्थ छैन ।

जब मानिसको मृत्यु हुन्छ उसको शरीरबाट आत्मा निस्केर कुनै न कुनै नयाँ जीवाणु वा शरीरमा प्रवेश गर्दछ भन्ने हिन्दु धर्मशास्त्रमा उल्लेख छ ।

त्यस नयाँ जीवनको लागि गति प्रदान होस भनेर आत्माको गतिको लागि मृत्यु क्रियाकर्म, श्राद्धकर्म र शन्तिपाठ गरिन्छ । त्यस कारण कुनै हिन्दु संस्कार अनुसार मृत व्यक्तिको लागि हार्दिक श्रद्धाञ्जली वा भावपूर्ण श्रद्धाञ्जली वा दिवङ्गत आत्माले शान्ति पाओस् वा परिवार प्रति हार्दिक समवेदना जस्ता शब्दहरू लेख्ने गरिन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : ११ बजे

सिमलतालबाट त्रिशुलीमा खसेको एउटा बस डेढ वर्षपछि भेटियो

काठमाडौं – चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसमध्ये एउटा बस

३०४औँ पृथ्वी जयन्ती मनाइयो (तस्बिरहरू)

काठमाडौं– आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न

बीपीएल : सन्दीपको टिमको खेल आज, राजशीको प्रतिस्पर्धा रंगपुरसँग

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिहरूको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा