प्रधानमन्त्री दाहाल आजदेखि चीन भ्रमणमा « Khabarhub

प्रधानमन्त्री दाहाल आजदेखि चीन भ्रमणमा


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ । चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा उनी चीन गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । त्यसपछि बेइजिङ जाने कार्यक्रम छ ।

बेइजिङमा रहँदा प्रधानमन्त्रीले आजै चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र असोज ८ गते चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गर्ने छन् । यसका साथै उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ । 

 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : ४१ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा