बेलबारी गोल्डकप फुटबल असोज २८ गतेदेखि  हुने « Khabarhub

बेलबारी गोल्डकप फुटबल असोज २८ गतेदेखि  हुने


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको डाँगीहाट फुटबल क्लबको संयोजनमा यही असोज २८ गतेदेखि आगामी कात्तिक ४ गतेसम्म छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मी मार्गमा सो प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबले जनाएको छ ।

जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको  प्रतियोगितामा प्रथम हुने टिमले नगद आठ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद पाँच लाख सहित ट्रफीका साथै प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिए ।

उनले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल्डकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी, हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि अनुमानित ६२ लाख ९० हजार खर्च हुने र ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको गोल्डकपका प्रचारप्रसार संयोजक नरेन्द्र बस्नेतले बताए ।

प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाइज काठमाडौँ, विग्रेड ब्वाइज क्लब काठमाडौँ, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट युथ क्लब, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब र युकेएफसी भारत गरी आठ वटा टिम सहभागी हुने आयोजक क्लबका सचिव शम्भु बस्नेतले उल्लेख जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयोगी रहने आयोजकले उल्लेख गरेको छ । बेलबारी गोल्डकपमा गत वर्ष शसस्त्र प्रहरी बल (एपिएफ) काठमाडौँ विजेता तथा राजाराजी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो ।

अन्तर्राष्ट्रियस्तरको गोल्डकपमा १६ हजार दर्शकको सहभागिता हुने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : ०९ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन