मुगुको गमगढी बजारमा आगलागी | Khabarhub Khabarhub

मुगुको गमगढी बजारमा आगलागी


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुगुको गमगढी बजारमा आगलागी भएको छ । गएराति भएको आगलागीबाट केही घर, पसल तथा गोदाम जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

मुगुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले आगलागीबाट ६ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी दिए । उनले आगोले अन्य केही घरमा पनि आंशिक क्षति पुगेको बताए ।

जलेका घरमा कम्प्युटर पसल, मोवाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिण्डर पसल थिए । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति भएको प्रहरीको भनाइ छ ।

गएराति १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले निभाएका थिए ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

 

 

 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : २६ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु