आज क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयन हुँदै « Khabarhub

आज क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्व चयन हुँदै


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आज नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

क्यानको भावी अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

हिजो नै साधारण सभा तथा बन्द प्रशिक्षण सम्पन्न गरेको क्यानले आज निर्वाचन गराउने तयारी गरेको हो । जसका लागि निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको छ ।

कार्यतालिका अनुसार नयाँ नेतृत्वका लागि आज उम्मेदवारको प्रथम नामावली प्रकाशन बिहान ११ बजे हुनेछ । यस्तै, उम्मेदवारको मनोनयन उपर उजुरी र छानविनका लागि बिहान ११ बजेर ४० मिनेटको समय तोकिएको छ ।

उम्मेदवारी फिर्ता लिन चाहनेले बिहान ११ बजेर ५५ मिनेटभित्र फिर्ता लिइ सक्नुपर्ने छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

भावी नेतृत्वका लागि आज हुने क्यानको निर्वाचनमा कुल ८४ मत रहेको छ । 

१७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक १३ जना सदस्यका लागि भने चुनावै हुने सम्भावना रहेको छ । १३ पदका लागि २० भन्दा बढी केन्द्रीय सदस्यका आंकक्षी रहेका छन् । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको