यू–१९ विश्वकपमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने « Khabarhub

यू–१९ विश्वकपमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत नेपालले पहिलो खेल आगामी जनवरी १३ मा न्युजिल्याण्डसँग खेल्ने भएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको खेल तालिका अनुसार समूह ‘डी’ मा रहेको नेपालले समूह चरणमा न्युजिल्यान्ड, पाकिस्तान, र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

आईसीसीका अनुसार प्रतियोगिता आगामी जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकाको कोलम्बोमा हुनेछ ।

नेपालले आठौं पटक यू–१९ विश्वकप खेल्न लागेको हो । नेपालले यू–१९ विश्वकपमा पहिलो पटक अफगानिस्तानसँग खेल्न लागेको छ ।

नेपालले सन् २००२ मा न्युजिल्यान्डमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरी सनसनी मच्चाएको थियो । नेपालले २००६ र २०१६ मा गरी न्युजिल्यान्डलाई दुई पटक पराजित गरिसकेको छ ।

खेल तालिकाअनुसार समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । 

नेपालले पाकिस्तानसँग जनवरी १७ र अफगानिस्तानसँग जनवरी २० मा खेल्ने छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ८ : ५३ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही