ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन « Khabarhub

ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले ८ वर्षअघि नेपालमाथि गरेको नाकाबन्दीका कठोर दिनहरूको स्मरण गरेका छन् ।

दोस्रो संविधानसभाबाट नयाँ संविधान  निर्माण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले आज सामाजिक सञ्जालमार्फत स्मरण गरेका हुन् ।

ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना गरेका छन् । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन्, तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौँ।’ ओलीले स्मरण गर्दै भनेका छन्, ‘देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौँ ।’

संविधान निर्माणप्रति असन्तुष्ट भारतले गरेको नाकाबन्दीले सिंगो देश प्रभावित हुन पुगेको थियो । उनी अगाडि सम्झन्छन्, ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’

उनले सोधेका छन्, ‘तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : १० बजे

कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती (तस्बिरहरु)

बागलुङ–  तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता

अनुमतिबिना निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्ससहित पाँचमाथि कारबाही

काठमाडौं– निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई पदयात्रा गराएको भन्दै अध्यागमन

धनतेरसका अवसरमा न्युरोडका सुनचाँदी पसलमा भीड (तस्बिरहरु)

काठमाडौं– तिहार सुरु भएसँगै आज धनतेरसका अवसरमा काठमाडौंको न्युरोड क्षेत्रमा

एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं- एसीसी यू-१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक