प्रधानमन्त्री दाहाल चीनको हाङ्जाउमा, विदेशमन्त्रीबाट स्वागत « Khabarhub

प्रधानमन्त्री दाहाल चीनको हाङ्जाउमा, विदेशमन्त्रीबाट स्वागत


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङ्जाउ पुगेका छन् ।

एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङ्जाउ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले भव्य स्वागत गरेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सोझै हाङ्जाउ सहरमा अवतरण गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङ्जाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङ्जाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ । 

एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङ्जाओमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो ।

प्रधानमन्त्री दाहालले चिनियाँ समकक्षी लि छियाङ्सँग भेट गर्ने कार्यक्रम रहेको छ ।  

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ११ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया