तत्काल अर्को पार्टीसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल « Khabarhub

तत्काल अर्को पार्टीसँग एकताको सम्भावना छैन : अध्यक्ष नेपाल


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।

समाजवादी पेशागत कानून व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउनका लागि बिचार मिल्नेहरुको समाजवादी मोर्चा बनाए पनि अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताए ।

आफ्नो पार्टीको अस्तित्व स्वीकार नगर्ने र अनुहार नै देख्न नचाहने प्रवृत्तिसँग एकताको गीत गाएर हिँड्नुको कुनै अर्थ नरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई दृढताका साथ अघि बढाउने जिकिर गरे ।

उनले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफूहरुले विद्रोह गर्नुपरेको पनि बताए । अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बाहिरिने कुरा पार्टीलाई सिध्याउने कुरा मात्रै रहेको र कांग्रेसलाई बिच्क्याएर मुलुक निर्माणको सिंगो अभियानलाई धराशायी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पारे ।

उनले राजनीतिक व्यवस्थाको परिवर्तनसँगै जनताको अवस्थामा परिवर्तन ल्याउन नसके राजनीतिक परिवर्तनको कुनै अर्थ नरहने धारणा राखे ।

अध्यक्ष नेपालले जनताको हक अधिकार संविधानको पानामा मात्रै लेखेर नहुने भन्दै त्यसमा रहेका विषयलाई कार्यान्वयन गर्नु चुनौतीपूर्ण रहेको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १ : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया