एचपीभी खोप अभियान असोज १० गतेसम्म सञ्चालन हुने  « Khabarhub

एचपीभी खोप अभियान असोज १० गतेसम्म सञ्चालन हुने 


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो । 

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिए । उनका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो । 

‘लगातारको सार्वजनिक बिदाले विद्यार्थी (किशोरी) खोप लगाउन आएनन्’, डा गौतमले भने, ‘त्यही भएर लक्षित किशोरीलाई खोप लगाउनका लागि समय थप गरिएको हो ।’ तीज, संविधान दिवस र शैक्षिक हडतालले खोप लगाउने कार्य प्रभावित भएको उनको भनाइ थियो ।

डा गौतमका अनुसार अहिलेसम्म ६४.४३ किशोरीले मात्र एचपिभी खोप लगाएका छन् । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकामा अहिलेसम्म छ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेका उनले जानकारी दिए । 

कोशी प्रदेशका सबै किशोरीले खोप लगाइसकेका छन भने मधेस प्रदेशको वीरञ्गजस्थित नारायणी अस्पतालमा एक हजार दुई सय ७२, बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा आठ सय २५, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सय ५९, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा चार सय ८९, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत सात सय ८५ र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एक सय ९३ जना किशोरीले एचपिभी खोप लगाइसकेका खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए। उनका अनुसार सबभन्दा कम प्रसूति अस्पतालमा २७ प्रतिशत किशोरीले मात्र खोप लगाएका छन् । 

यही भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रुपमा सञ्चालन गरिएको छ । खोपको पहिलो मात्रा अहिले दिइने र छ महिनापछि दोस्रो मात्रा दिइनेछ । 

एचपिभी खोप दुई मात्रा लगाए पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने डा गौतमले बताए । यसअघि सरकारले सन् २०१६र१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १ : ३४ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा