लेखापढी पेशालाई मर्यादित बनाउनुस् : मन्त्री चौधरी « Khabarhub

लेखापढी पेशालाई मर्यादित बनाउनुस् : मन्त्री चौधरी


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चितवन– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई मर्यादित बनाएर काम गर्न लेखापढी, कानुन व्यवसायीहरूलाई आग्रह गरेकी छन् । नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै उनले मालपोत तथा नापी कार्यालयमा फर्जी र नक्कली काम हुन नदिन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताइन् ।

‘तपाईहरुले मालपोत, नापी र सेवाग्राहीको पुलका रुपमा काम गर्नुभएको छ । यसलाई अझै व्यवस्थित र मर्यादित बनाएर अघि बढ्नुस्’, उनले भनिन्। सेवाग्राही र कर्मचारीसँगको नियमित छलफल र अन्तरक्रियाबाट व्यवसायका साथै सरकारी कामलाई व्यवस्थित गर्न सकिने मन्त्री चौधरीले बताइन् । 

उनले भनिन,’तपाईहरुलाई सेवाग्राहीबाट दुःख दिने र लाभ लिने गरेको आरोप लाग्ने गरेको छ । यसबाट मुक्त हुनुपर्छ ।’ मालपोत र नापी कार्यालयको सेवा अनलाइनबाट दिन सुरु गरिएको बताउँदै मन्त्री चौधरीले यसलाई अझै व्यवस्थित गर्न लेखापढी कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताइन् ।

मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखापढी कानुन व्यवसायीले सेवाग्राहीलाई सहजीकरण गर्नुपर्नेमा जोड दिइन्। मालपोत र नापीको कामलाई थप व्यवस्थित गर्न मन्त्रालय लागिपरेको उनको भनाइ थियो । 

कार्यक्रममा नेपाल बार एशोसिएसनका महासचिव अजिता खनाल, बार पूर्वमहासचिव लीलामणि पौडेल, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोख्रेल, न्यायिक समितिका संयोजक कृष्णप्रसाद ढुङ्गानालगायतले लेखापढ व्यवसायमा देखिएका कानुनी समस्या तथा समाधानका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राखेकी थिइन् ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा सुरु भएको बैठक आइतबारसम्म सञ्चालन हुनेछ । बैठकमा देशभरबाट एक हजार तीन सयको सहभागिता रहेको छ । बैठकले विधान संशोधनलगायतका विषयमा छलफल गर्नेछ । बैठकले चितवन घोषणापत्र जारी गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : २९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक