रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा युक्रेनद्वारा मिसाइल प्रहार « Khabarhub

रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा युक्रेनद्वारा मिसाइल प्रहार


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनले रुसको कब्जामा रहेको क्रिमियामा रहेको ब्ल्याक सी नौसेनाको मुख्यालयमा मिसाइल आक्रमण गरेको छ । हालै युक्रेनले क्राइमियाका धेरै लक्ष्यलाई निशाना बनाएर मिसाइल प्रहार गरिरहेको छ।

सो  हमलाको जानकारी दिँदै रुसले मिसाइल आक्रमणपछि एक रुसी सैनिक बेपत्ता भएको बताएको छ । बीबीसीका अनुसार क्रिमियाको सेभास्टोपोल क्षेत्रमा रहेको एउटा भवनमा धुवाँको बादल देखिएको छ ।

युक्रेनी सेनासँग सम्बद्ध स्ट्र्याटकम युक्रेनले नौसेना आधारमा सफलतापूर्वक आक्रमण गरेको बताएको छ । युक्रेनको वायुसेनाका कमाण्डर जनरल माइकोला ओलेश्चुकले टेलिग्राममा भने, ‘हामीले तपाईँलाई त्यहाँ थप आक्रमणहरू हुनेछन् भनेर बतायौँ।’ युक्रेनले अहिले क्रिमिया क्षेत्रमा लगातार आक्रमण गर्ने योजना बनाएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की आक्रमणको बीचमा क्यानडा भ्रमणमा छन्। त्यहाँ उनले युक्रेनलाई सहयोग गरेकोमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया