रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा युक्रेनद्वारा मिसाइल प्रहार « Khabarhub

रुसको ब्ल्याक सी नौसेनाको मुख्यालयमा युक्रेनद्वारा मिसाइल प्रहार


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनले रुसको कब्जामा रहेको क्रिमियामा रहेको ब्ल्याक सी नौसेनाको मुख्यालयमा मिसाइल आक्रमण गरेको छ । हालै युक्रेनले क्राइमियाका धेरै लक्ष्यलाई निशाना बनाएर मिसाइल प्रहार गरिरहेको छ।

सो  हमलाको जानकारी दिँदै रुसले मिसाइल आक्रमणपछि एक रुसी सैनिक बेपत्ता भएको बताएको छ । बीबीसीका अनुसार क्रिमियाको सेभास्टोपोल क्षेत्रमा रहेको एउटा भवनमा धुवाँको बादल देखिएको छ ।

युक्रेनी सेनासँग सम्बद्ध स्ट्र्याटकम युक्रेनले नौसेना आधारमा सफलतापूर्वक आक्रमण गरेको बताएको छ । युक्रेनको वायुसेनाका कमाण्डर जनरल माइकोला ओलेश्चुकले टेलिग्राममा भने, ‘हामीले तपाईँलाई त्यहाँ थप आक्रमणहरू हुनेछन् भनेर बतायौँ।’ युक्रेनले अहिले क्रिमिया क्षेत्रमा लगातार आक्रमण गर्ने योजना बनाएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की आक्रमणको बीचमा क्यानडा भ्रमणमा छन्। त्यहाँ उनले युक्रेनलाई सहयोग गरेकोमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : ५३ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको