तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु « Khabarhub

तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

शनिबार दिउँसो साढे २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरास्थित भगवती टोल बस्ने करिब ३८ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गर्दा करिब ४२/४३ वर्षीया रिता हमालको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

हमालले आफ्नै घरबाट धारिलो हतियार खुकुरीले रितालाई घाटीमा खुकुरी प्रहार गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । खुकुरी प्रहारबाट सोही ठाउँका ४५ वर्षीय बीर बहादुर हमाल र ६५ वर्षीया कमला कुमारी हमाल घाइते भएका छन्  । 

उनीहरूको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको  प्रहरीले जनाएको छ  । प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई उनकै घरबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ४ : ३५ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत