समाजमा योगदान गरेका विभिन्न व्यक्तित्व पुरस्कृत « Khabarhub

समाजमा योगदान गरेका विभिन्न व्यक्तित्व पुरस्कृत


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान धरानले आफ्नो बाह्रौँ वार्षिकोत्सवका अवसरमा भाषासाहित्यको माध्यमबाट समाजमा योगदान गरेका विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । 

आज काठमाडौँमा आयोजित कार्यक्रममा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्रा.डा दयाराम श्रेष्ठ ‘सम्भव’लाई रू २१ हजार राशिको वाङ्मय पुरस्कार प्रदान गरियो । भाषाविद् प्रा.डा माधवप्रसाद पोखरेलले उनीहरुलाई ती पुरस्कार प्रदान गरेका हुन् ।

उनीले रू २१ हजार राशिकै साहित्यकार प्रभा भट्टराईलाई हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार तथा कुशेश्वर गुरुकुल रामेछापलाई कमलापति डम्बरकुमारी वाङ्मय पुरस्कार प्रदान गरे । सोही कार्यक्रममा पिण्डेश्वर विद्यापीठ धरानका दुई जना छात्रलाई रू १५ हजार राशिको मेधावी पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक प्राध्यापक नारायणप्रसाद कट्टेलद्वारा लिखित ‘जीवन तरङ्ग’ काव्यको विमोचन गरिएको थियो । सम्मानित व्यक्तित्वबारे प्रा.डा सनतकुमार वस्ती र प्रा कोषराज न्यौपानेले चर्चा गरेका थिए भने विमोचित कृतिको समीक्षा भाषाविद् शरच्चन्द्र वस्तीले गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : ०९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन