समाजमा योगदान गरेका विभिन्न व्यक्तित्व पुरस्कृत | Khabarhub Khabarhub

समाजमा योगदान गरेका विभिन्न व्यक्तित्व पुरस्कृत


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठान धरानले आफ्नो बाह्रौँ वार्षिकोत्सवका अवसरमा भाषासाहित्यको माध्यमबाट समाजमा योगदान गरेका विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरेको छ । 

आज काठमाडौँमा आयोजित कार्यक्रममा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्रा.डा दयाराम श्रेष्ठ ‘सम्भव’लाई रू २१ हजार राशिको वाङ्मय पुरस्कार प्रदान गरियो । भाषाविद् प्रा.डा माधवप्रसाद पोखरेलले उनीहरुलाई ती पुरस्कार प्रदान गरेका हुन् ।

उनीले रू २१ हजार राशिकै साहित्यकार प्रभा भट्टराईलाई हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार तथा कुशेश्वर गुरुकुल रामेछापलाई कमलापति डम्बरकुमारी वाङ्मय पुरस्कार प्रदान गरे । सोही कार्यक्रममा पिण्डेश्वर विद्यापीठ धरानका दुई जना छात्रलाई रू १५ हजार राशिको मेधावी पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक प्राध्यापक नारायणप्रसाद कट्टेलद्वारा लिखित ‘जीवन तरङ्ग’ काव्यको विमोचन गरिएको थियो । सम्मानित व्यक्तित्वबारे प्रा.डा सनतकुमार वस्ती र प्रा कोषराज न्यौपानेले चर्चा गरेका थिए भने विमोचित कृतिको समीक्षा भाषाविद् शरच्चन्द्र वस्तीले गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : ०९ बजे

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व