अर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधिमण्डल येरेभानमा « Khabarhub

अर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधिमण्डल येरेभानमा


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

येरेभान- अजरबैजानले विवादित नागोर्नो–काराबाखमा आफ्नो नियन्त्रण कायम भएको दाबी गरेपछि अमेरिकी संसद्को प्रतिनिधिमण्डल अर्मेनियाको राजधानी येरेभान आइपुगेको छ ।

येरेभानस्थित अमेरिकी दूतावासका अनुसार सांसदहरूको समूहले प्रधानमन्त्री निकोल पाशिन्यान र केही अन्य अधिकारीहरूसँग अमेरिका–अर्मेनिया सम्बन्ध र नागोर्नो–काराबाखमा अजरबैजानले हालै गरेको सैन्य कारबाहीको प्रभावबारे छलफल गर्नेछ ।

प्रधानमन्त्री पशिन्यानसविरुद्धको विरोध प्रदर्शन बढिरहेका बेला भएको अमेरिकी नेताहरूको यो भ्रमणलाई अजरबैजानले सन्देहपूर्ण ढङ्गले नियाली रहेको छ । तीन वर्षअघि अजरबैजानले पहिलो पटक नागोर्नो–काराबाखको ठूलो भूभाग कब्जा गर्दा अर्मेनियाको नेतृत्व पशिन्यानले गरेका थिए । संसद्को आगामी अधिवेशनमा पाशिन्यानविरुद्ध महाभियोग लगाउने तयारी भइरहेको छ ।

अजरबैजानका सैनिक नागोर्नो–काराबाखको पृथकतावादी किल्ला स्टेपानाकर्टको नजिक डेरा जमाएर बसेपछि त्यहाँका भयभीत बासिन्दा आफ्नो घरको सबैभन्दा तल्लो भाग (जमिनमुनि) लुक्न बाध्य भएका विद्रोही समूहका प्रवक्ताले शुक्रबार एएफपीलाई बताएका थिए । त्यहाँ दुई सय जनाभन्दा बढी मारिएका दाबी उनले गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको