नेपालको भूमि सबैका लागि उर्वर छ : अध्यक्ष तिमिल्सिना « Khabarhub

नेपालको भूमि सबैका लागि उर्वर छ : अध्यक्ष तिमिल्सिना


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमि सबैका लागि उर्वर रहेको बताएका छन् । उनले नेपाल उर्वर भूमि भएकै कारण सबै जातजाति र धर्महरूको फुल्न पाउने अधिकार रहेको बताएका छन् ।

पश्चिम नवलपरासीको परासीमा आयोजित राष्ट्रिय एकता सम्मेलन कार्यक्रममा उनले नेपालमा कुनै पनि जातजाति तथा धर्मलाई दबाएर नराखिएको बताए । ‘आफ्नो मौलिक धर्म, संस्कृतिलाई बचाउन सबै लाग्नुपर्छ, नेपाल एक यस्तो फूलबारी हो जहाँ सबै प्रकारको फूल फुल्छन्, कुनै पनि धर्ममा हुने कुरीति तथा भेदभाव हामीलाई माथिबाटै हाम्रा भगवान्ले सिकाएर पठाएको होइन, धर्मका नाममा हुने कुरीति तथा भेदभावलाई सबै मिलेर अन्त्य गर्नुपर्छ’, उनले भने । 

नेपालमा पनि कतै–कतै धर्मका नाममा द्वन्द्व हुने अवस्था देखियो तर त्यसो हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जरुरी रहेको उनको भनाइ थियो । ‘नेपाल एक सुन्दर र एकताको बगैँचा हो, यसलाई कायम राखिरहन सबै लाग्न आवश्यक रहेको छ’, अध्यक्ष तिमिल्सिनाले भने , ‘सबै धर्मको आस्थाको आधारमा अगाडि बढ्नुपर्छ न कि एकले अर्कालाई हेला गर्ने, दबाउने वा अशिक्षा, गरिबीको नाममा कसैको आस्थालाई परिवर्तन गराउने काम गर्नु भएन, सबैको सम्मान, इज्जत र कदर गर्नुपर्छ ।’

धार्मिक एकता तथा राष्ट्रिय एकता कायम राख्नका लागि सबै धर्मका गुरुहरूलाई कार्यक्रममा बोलाइएको थियो । यस्तै एकता तथा शान्तिको सन्देश दिनका लागि परेवा उडाइएको थियो । अध्यक्ष तिमिलसिनाले सुस्ताको झोलुङ्गे पुलको समेत अवलोकन गरेका थिए । उनले नेपाल–भारतबीचको भूमि विवाद हुने ठाउँ सुस्तामा पुग्नका लागि नारायणी नदीमा बन्दै गरेको झोलुङ्गे पुलको अवलोकन गरेका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : ४९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल