नाइजेरियाली विश्वविद्यालयमा बन्दुकधारीद्वारा दर्जनौं व्यक्तिको अपहरण « Khabarhub

नाइजेरियाली विश्वविद्यालयमा बन्दुकधारीद्वारा दर्जनौं व्यक्तिको अपहरण


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अबुजा- नाइजेरियाको उत्तरपश्चिमी राज्यको जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेको त्यहाँका बासिन्दाले शनिबार बताएका छन् ।

जाम्फारा राज्यको राजधानी गुसाउबाहिर रहेको एक संघीय विश्वविद्यालयको किनारामा रहेको साबोन गिडा गाउँमा शुक्रबार आपराधिक लुटेरा समूहका दर्जनौँ बन्दुकधारीले आक्रमण गरी तीन वटा महिला छात्रावासमा पसेर त्यहाँ बस्नेहरूलाई लगेको स्थानीयले एएफपीलाई बताएका छन् ।

राष्ट्रपति बोला अहमद तिनुबु सत्तामा आएयता देशको सुरक्षा चुनौतीको सामना गर्ने वाचा गर्दै कुनै कलेजमा भएको यो पहिलो सामूहिक अपहरण हो ।

साबोन गिडाका बासिन्दा सहबी मउसाले भने, “लुटेराहरू मोटरसाइकलमा आएका र सरासर झ्यालहरू फोरेर होस्टलका कोठाहरूमा पसेका थिए ।

होस्टल नजिकै बस्ने मउसाले भने, “उनीहरूले कम्तीमा २४ जना छात्रालाई होस्टलबाट लगेका थिए, अपहरितमध्ये दुई जना होस्टेलमा हल्ला भएपछि हेर्न पुगेका छिमेकी र एक जना विश्वविद्यालयका कर्मचारी रहेका थिए ।”

स्रोतका अनुसार २० किलोमिटर टाढा गुसाउबाट तैनाथ सैनिकले आक्रमणकारीलाई मुठभेडमा संलग्न गराएका थिए तर अपहरणकारीको एक समूहले बन्धकहरूलाई भगायो र अर्को समूह सैनिकसँग भिडेको थियो ।

आक्रमणपछि अनलाइनमा शेयर गरिएको एउटा भिडियोमा एउटा होस्टलको कोठामा तोडफोड गरिएको र झ्यालहरू फुटाइएको वा भत्काइएको देखाइएको छ ।

जाम्फारा राज्यका प्रहरी प्रवक्ता याजिद अबुबकरले आक्रमणको पुष्टि गरे पनि विस्तृत विवरण दिन अस्वीकार गर्दै बन्दीहरूलाई मुक्त गर्न सुरक्षाकर्मीले काम गरिरहेको बताए ।

सेनाका एक अधिकारीका अनुसार नजिकैको शहर साफ नजिकैको जङ्गलमा आक्रमणकारीसँग भिडन्त भएको र समाचार तयार पार्दासम्म सैन्य कारबाही जारी रहेको छ ।

उत्तर पश्चिमी र मध्य नाइजेरियाका धेरै राज्यहरूमध्ये जाम्फारा पनि एक हो जसलाई डाकुहरूले आतङ्कित पारेका छन् जसले गाउँहरूमा आक्रमण गर्छन्, बासिन्दाहरूलाई मार्छन् र अपहरण गर्छन् र उनीहरूलाई लुटेपछि घरहरू जलाउँदछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ७ : १६ बजे

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि

भक्तपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । बिहीबार

रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

काठमाडौं– देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा-२ मा मतगणना सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९

धादिङ-१ मा रास्वपाकी आशिका तामाङ अगाडि

काठमाडौं– धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा

काठमाडौँ–२ मा रास्वपाका केसीको अग्रता

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले