आफूहरुलाई पाकिस्तानबाट मुक्त गर्न मोदीसमक्ष पाकिस्तान प्रशासित कश्मीरका अभियन्ताको आह्वान « Khabarhub

आफूहरुलाई पाकिस्तानबाट मुक्त गर्न मोदीसमक्ष पाकिस्तान प्रशासित कश्मीरका अभियन्ताको आह्वान


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको प्रशासनमा रहेको कश्मीरमा पाकिस्तानविरोधी प्रदर्शन तीव्र बन्दै गएको छ । उच्च मूल्यवृद्धि, खाद्यान्नको अभाव र करको उच्च दरका कारण जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा पाकिस्तान प्रशासित कश्मीरमा विरोध प्रदर्शनको आयोजना गरिएको हो ।

पाकिस्तान प्रशासित कश्मीरका अभियन्ताले आफूहरुलाई पाकिस्तानबाट मुक्त गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आह्वानसमेत गरेका छन् ।

पाकिस्तान प्रशासित कश्मीरका अभियन्ता शबिर चौधरीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्नो क्षेत्रमा लोडसेडिङ, खाद्यान्नको अभाव, असुरक्षा र करको उच्च दरका कारण आफूहरु पीडित भएको भन्दै पाकिस्तानबाट मुक्त गर्न मोदीसमक्ष आह्वान गरेका हुन् ।

पाकिस्तानले कश्मीरमा रहेको प्राकृतिक स्रोतको दोहन गरिरहेको र भ्रष्टाचार एवम् खराब नीतिका कारण सो क्षेत्रमा जीवनस्तर खस्किँदै गएको बताइन्छ ।

पाकिस्तानमा पछिल्लो तीन महिनामा विद्युतको भाउ दोब्बर भएको छ भने पिठो, चामललगायतका अन्य अत्यावश्यक वस्तुको मूल्य पनि अकाशिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ५ : २३ बजे

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना

फुटबल प्रतियोगितामा विजेतालाई अलैँची पुरस्कार

ताप्लेजुङ– फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची