क्यानको नयाँ कार्यसमितिलाई उपप्रधानमन्त्री खड्काको बधाई « Khabarhub

क्यानको नयाँ कार्यसमितिलाई उपप्रधानमन्त्री खड्काको बधाई


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिएका छन् ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सामाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनले शुक्रबारदेखि सुरु भएको क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।

क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्का निर्विरोध भएका छन् । महिला सदस्यमा जयन्ती भट्ट तथा सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णाली प्रदेशबाट श्रीधर केसी पनि सर्वसम्मत भएका छन् ।

अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना र खुला पाँच सदस्यका लागि निर्वाचन भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : ५१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको