विधान अभिमुखीकरण गर्दै जसपा « Khabarhub

विधान अभिमुखीकरण गर्दै जसपा


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबारदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।

उनका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, पार्टीका राजनीतिक समिति सदस्यद्वय आङकाजी शेर्पा र खगेन्द्र माखिमले विधानबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यक्रमको आयोजक पार्टी सम्बद्ध प्रवास विशेष प्रदेश समिति रहेको छ । जसपाको अमेरिका, बेलायत, इजरायल, थाइल्याण्ड, पोर्चुगल, युएई, कतार, कुवेत, हङ्कङ, बहराइनलगायतका मुलुकमा प्रवास सङ्गठन रहेको बस्नेतले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : ५४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको