विधान अभिमुखीकरण गर्दै जसपा | Khabarhub Khabarhub

विधान अभिमुखीकरण गर्दै जसपा


६ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबारदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।

उनका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, पार्टीका राजनीतिक समिति सदस्यद्वय आङकाजी शेर्पा र खगेन्द्र माखिमले विधानबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यक्रमको आयोजक पार्टी सम्बद्ध प्रवास विशेष प्रदेश समिति रहेको छ । जसपाको अमेरिका, बेलायत, इजरायल, थाइल्याण्ड, पोर्चुगल, युएई, कतार, कुवेत, हङ्कङ, बहराइनलगायतका मुलुकमा प्रवास सङ्गठन रहेको बस्नेतले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : ५४ बजे

कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा समाप्त

काठमाडौं – कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच वर्षौदेखि चलिरहेको

यी हुन अझै बजेट नल्याउने स्थानीय तह

काठमाडौं – बजेट पेस गर्नुपर्ने पाँच महिना बित्दासमेत नौ वटा

रवि लामिछाने र मलेसियास्थित नेपाली राजदूतबीच भेटवार्ता

काठमाडौं – मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

एलपिएलमा धनगढीको विजयी सुरुआत

सुदूरपश्चिम – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा ३४ हजारभन्दा धेरै आवेदन

काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा