दसैँमा रमाइलो गर्दा स्वास्थ्यको ख्याल गर्न बिर्सनु हुँदैन « Khabarhub

दसैँमा रमाइलो गर्दा स्वास्थ्यको ख्याल गर्न बिर्सनु हुँदैन

औषधि खाँदा पनि रक्तचाप र मधुमेह नियन्त्रण भएन भने हृदयाघात हुनसक्छ


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

दसैँ र मिठो परिकारको निकै घनिष्ठ सम्बन्ध छ। नेपालीको विशेष पर्व दसैँमा खानपानलाई प्रमुख प्राथमिकता दिइन्छ। दसैँ सुरु भएपछि बजार चहलपहल र खाद्यान्नको जोहोमा सर्वसाधारण लागि परेका छन्। मिठा परिकारबिना सबैका लागि दसैँ खल्लो बनिदिन्छ। आर्थिक अवस्था कमजोर हुनेहरूले पनि यो बेला जसोतसो परिवारको खुसीका लागि मिठो परिकार जुटाउने गर्छन्। तर पर्व त हो नि भनेर खानपानमा ख्याल नगर्दा त्यसले जीवनमा गम्भीर समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्। दसैँमा खाने चिल्लो मासु, मदिराले कस्तो असर गर्छ ? दसैँमा मुटुका रोगीहरूले कसरी खानपानमा ध्यान दिने ? यी नै विषयमा आधारित रहेर खबरहबका लागि मुटु रोग विशेषज्ञ डा. रञ्जित शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

दसैँमा खाने चिल्लो मासु र मदिराले हाम्रो स्वास्थ्यलाई कस्तो असर गर्दछ ?
दसैँ भनेको हामी नेपालीको महान् पर्व हो। त्यसमा खानपानको कुरा धेरै आउँछ। दसैँमा खाना खाँदा विशेष ध्यान दिनुपर्छ। यदि कसैलाई पहिला नै मुटु रोग छ भने दसैँको खानपानमा अझ विशेष ख्याल गर्नुपर्छ। यसका साथै ४० वर्ष उमेर कटेपछि पनि शरीरमा धेरै रोगको मात्रा बढ्ने हुनाले यस्तो मासुका परिकार र मदिरा धेरै खानु हुँदैन। माछा मासुको कुरामा बोसो नभएको नतारेको खानेकुरा मिलाएर खानु पर्दछ। मासु, अण्डा फलफूलहरू एकैपटक खानु पनि राम्रो होइन। बोसे आन्द्रामा कोलेस्ट्रोल हुन्छ। यसले स्वास्थ्यमा समस्या निम्त्याउने भएकाले यो खानु हुँदैन।

मुटुलाई स्वस्थ बनाउन हामीले कति मात्रामा मासु खानुपर्छ ?
हाम्रो शरीरलाई सन्तुलनमा राख्नको लागि प्रोटिनको मात्रा चाहिन्छ। मुटु रोग लाग्यो भने मासु नै नखाने भन्ने त होइन। तर मात्रा मिलाएर सबै खानाहरू सन्तुलित रुपमा खानुपर्दछ। रातो मासुमा धेरै कोलेस्ट्रोल हुन्छ। त्यसैले त्यो मुटुका लागि स्वास्थ्य मानिँदैन। सेतो मासु कुखुरा, माछा खानु मुटुका लागि राम्रो मानिन्छ। सफा र स्वस्थ तरिकाले खाएर शारीरिक व्यायाम गर्दा समस्या निम्तिँदैन।

मदिराको सेवन पनि दसैँमा अत्यधिक मात्रामा गर्ने गरेको देखिन्छ। यसले चाहिँ मुटुलाई कस्तो असर गर्दछ ?
अत्यधिक माछा मासु र मदिरा खाँदा मुटुभित्र रगत जम्न सक्छ र हृदयाघात हुनसक्छ। तर सन्तुलित मात्रामा खाँदा नराम्रो हुँदैन। कहिले काहीँ सन्तुलन मिलाएर खाँदा हुन्छ।

धेरै चिल्लो मसलेदार खानाले मुटुलाई कसरी असर गर्छ ?
आजको दिनमा मुटुलाई असर गर्ने भनेको चिल्लो र नुनको सेवन हो। चाडपर्व रमाइलो साथ मनाउनु पर्छ। त्यसैले सबै मिलाएर खाँदा रमाइलो पनि हुन्छ। त्यसले स्वास्थ्यलाई पनि फाइदा गर्छ।

खानामा कसरी ध्यान दिँदा हामीले दसैँलाई विशेष बनाउन सक्छौँ ?
यो दसैँमा जसको ४० वर्षभन्दा कम उमेर छ उसको खानामा रोकटोक लगाउनु हुँदैन। तर, ४० वर्षभन्दा माथि र मुटुको समस्या छ भने ठिक मात्रामा खानुपर्छ। खानामा पनि आजै मासु खाएको छ भने अण्डा किन खाने ? त्यसलाई पनि मिलाएर खानुपर्छ। आज मासु खाए भोलि वा पर्सि मात्र अण्डा खानु राम्रो हुन्छ। चाडपर्व मनाउनु राम्रो हो। त्यसैले खानामा यो यो बेला खाने भनेर योजना बनाएर खाँदा राम्रो हुन्छ।

खाँदा कस्तो असर गर्दछ ?
चाडपर्व हो भनेर कुनै शारीरिक कामहरू नगरी एकै ठाउँमा बसेर खाँदा धेरै नै असर गर्छ। किनभने शारीरिक व्यायाम गर्नुपर्छ। एक दुई दिन व्यायाम नगर्दा त खासै असर गर्दैन। तर, सधैभरी व्यायाम नगर्नु घातक हुन्छ। अहिलेको खानपिनले सानै उमेरमा समस्या बढ्दै गएको पाइन्छ। जीवनशैलीका कारणले पहिला ४० वर्ष कटेपछि हृदयाघात हुन्थ्यो। तर, अहिले युवामा पनि समस्या देखिन थालेको छ। कसैलाई उच्च रक्तचाप छ, मधुमेह भएर औषधि खाँदा पनि नियन्त्रण भएको छैन भने त्यसले नै पछि गएर हृदयाघात हुनसक्छ। त्यसैले हामीले डाक्टरको निगरानीमा बसेर आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्दछ। दसैँ उत्सव हो, उत्सव मनाएर रमाइलो गर्नुपर्छ। तर, रमाइलो गर्दा स्वास्थ्यलाई ख्याल गर्न बिर्सनु हुँदैन।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : ०१ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ