अबको राजनीतिले कृषिलाई प्रविधिसँग जोड्नुपर्छ | Khabarhub Khabarhub

अबको राजनीतिले कृषिलाई प्रविधिसँग जोड्नुपर्छ

ठूला दलले यो देशमा साना दललाई आर्थिक रुपमा आक्रमण गरे



नेपालको राजनीतिक परिवर्तनसँगै २०६२/६३ को जनआन्दोलन पछाडि राजनीतिक प्रतिस्पर्धाको लागि लोकतान्त्रिक पद्धतिमा जोडिएका साना राजनीतिक पार्टी संविधान सभाबाट संविधान जारी भइसकेपछिका कतिपय प्रावधानका कारण विस्तारै राजनीतिक केन्द्र भागबाट हराउँदै गएका छन्। जसले संविधान लेखन प्रक्रियामा कतै न कतै, कुनै न कुनै योगदान दिए पनि संविधान जारी भएपछि उनीहरु गुमनाम छन्। यसरी गुमनाम भएका नेतामध्ये नेपाली जनता दलका अध्यक्ष हरिचरण शाह पनि एक हुन्। पछिल्लो राजनीतिक घटनाक्रम र संविधान जारी भएपछि गुमनाम राजनीतिक दलका विषयमा खबरहबका लागि हरिचरण शाहसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

संविधान जारी भएपछि राजनीतिमा तपाईंहरुको कुनै भूमिका देखिएन। किन ?
संविधान सभामा योगदान त भयो तर पार्टी नै कता हराएको जस्तो भान सबैलाई भएको छ। जसले इमान्दारितापूर्वक राष्ट्रवादी हिसाबमा देशको लागि काम गरे उनीहरु गुमनाम हुने परिस्थिति बनेको छ। हिमाल, पहाड, तराई सबैलाई समान अवसर पाओस् भन्ने हिसाबबाट सैद्धान्तिक र वैचारिक अडानमा बसिरहनेहरूको निश्चित रूपमा हराएकै जस्तो देखिन्छ। तर पार्टी हराएको छैन। निर्वाचन आयोगमा हामीले निरन्तरता गराएका छौँ। हामी राजनीतिमा सक्रिय भएको ३० वर्ष भयो। लुटेरा र भ्रष्टाचारी सरकार र दलले हामीलाई छायामा पारे पनि हामी हराएका छैनौं।

तपाईँहरूको एजेन्डा गतिलो भएन जनताले पत्याएनन् ?
एजेन्डा हराउनु भन्दा पनि यसले राम्रो काम गर्याे भने हामीलाई खाइदिन्छ भनेर उनै सत्ताधारीहरूले हामीलाई उठ्नै दिएनन्। आर्थिक र नैतिक रूपमा आक्रमण गरिरहे। त्यस्ता खालका मुद्दा मामिलामा फसाइदिने र जनताहरू पनि त्यस्तै लोभको लाभमा लाग्न थालेको देखिन्छ। देश नै संकटमा छ। त्यसैले मतदाता पनि जताबाट पैसा आउँछ त्यतै गएर भोट हाल्ने अवस्थामा पुगेका छन्। यसले गर्दा कार्यकर्ताहरू पनि पलायन हुन्छन्। ४६ जिल्लामा हाम्रो सङ्गठन अझै पनि छ र साथीहरू लागि रहेका छन्। विचार लिएर अगाडि गयो भने सरकारमा नगए पनि हाम्रा विकासका कुरा, योजनाहरू नैतिकतामा आधारित सिद्धान्तहरू एक दिन अवश्य कार्यान्वयन हुन्छन्।

बजार शून्य छ, आर्थिक मन्दी छ। अहिले कोसीको घटनाले केही परिवर्तन त भएको छ। अब दुर्गा माताले नेपाली राजनीतिज्ञ र कर्मचारीको राष्ट्र सेवकको रगतमा शुद्धिकरण होस्। हामीले उहाँहरूलाई सचेत गराइरहेका छौं। प्रतिपक्षको भूमिका निर्वाह गरिरहने हो।

तपाईंहरू एजेन्डागत हिसाबबाट गणतन्त्र भनेको यस्तै रहेछ खासै फलिफाप भएन, अब एजेन्डा परिवर्तन गरेर राजतन्त्र तिर लागौँ भनेर लाग्नु भएको हो ?
होइन। हामी २०२६ सालबाट कम्युनिस्ट विचारधारामा बसेका हौं। लोकतन्त्र गणतन्त्र सङ्घीयता प्राप्त भएको यो देशमा यसलाई विध्वंस गर्ने पुरानै शासकहरूले फेरि पनि पुरानै ढाँचामा लैजाने सोच देखिन्छ। हामीलाई राजावादी भनेर हौवा फैल्याउनेको वर्चस्व देखिन्छ। हाम्रो नेताहरू जो गणतन्त्र सङ्घीयता लोकतन्त्र ल्याउनेहरू नै भ्रष्ट भएपछि सबैले भन्ने मौका पाएका छन्। राजा पनि सक्रिय हुन खोज्छन् तर त्यो सक्रियता देखाएर हुँदैन।

अहिले ९ सय राजा जनताबाट निर्वाचित गरेर ती राजालाई पालेर बस्ने हाम्रो शक्तिले भ्याएन, एउटै मात्र राजा ल्याउनुपर्छ भनेर हिजो गणतन्त्र। संघीयताको लागि मसाल बोकेकाहरू नै त्यो कित्तामा उभिइराखेका छन्। स्वाभाविक रूपमा धेरै राजा पाल्दा आर्थिक हिसाबबाट यो अवस्थामा पुगेको जस्तो लाग्दैन ?
हाम्रो निर्वाचन प्रणाली नै गलत छ। खल्तीबाट टिकट दिएर आफ्ना मान्छे ल्याउने दुःखलाग्दो कुरा हो। यो व्यवस्थामाथि प्रहार गर्नु भन्दा पनि जसले गणतन्त्र सङ्घीयता ल्याउनुभयो उहाँहरूले नै गलत अभ्यास गर्दै हुनुहुन्छ। त्यस कारणले संविधानमा बनेको केही कुराहरू संख्यात्मक दृष्टिकोणले चाहिँ निश्चित रूपमा सात वटा प्रदेशमा मैले दिएको डिजाइन छ। संसदमा संविधान सभामा र संवैधानिक समितिमा त्यो झण्डा छपाएर सात वटा प्रदेशको नामकरण समेत दिएको थियो। सबै प्रदेशको त्यसरी भएको छ। एउटा मधेसको नामले भएको छ। त्यो पनि ठिक छ। जातजातिबाट हामीले छुटकारा पाएका छौँ। तर अधिकारमा छुटकारा पाएनौँ। संघीयताको गलत अभ्यास भएको देखिएपछि हामीले नयाँ सूत्र दिएका छौँ। अब नागरिकसम्म फेरि एक पटक जाने निर्णयमा हामी पुगेका छौं। जनताले राम्रो कुरा सुन्छन्। जुन प्रणाली छ यो प्रणालीमा नै लाग्ने साथीहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। यसरी अगाडि बढ्न एउटा दस्तावेज ड्राफ्टको काम भइराखेको छ। नयाँ नाम राखेर, नयाँ चुनाव चिह्न लिएर अगाडि बढ्ने तयारी भइराखेको छ।

त्यसो भए पार्टी एकता गरेर पार्टीको नाम नै परिवर्तन गर्दै हुनुहुन्छ ?
म राजनीतिमा लागेको ५३ वर्ष भयो। नेपालीको आफ्नै रङ्ग पहिचानको दल भनेर नेपाली जनता दल नाम राखेका छौं। सामाजिक न्यायको सिद्धान्त अनुसार यो पार्टी खोलेको नै झन्डै ३० वर्ष भइसकेको छ। म मेरो पार्टी राम्रो भन्छु। १० वर्ष संसद र संविधानसभामा बसिसकेको पार्टी ठुलो पार्टी हो भनेर हुने रहेनछ। अब केही नीतिमा परिवर्तन गरेर नमस्कार छापको पार्टी छ। सुशासन पार्टी, आमा पार्टी, राष्ट्रवादी केन्द्रलगायतका पार्टीहरू जो हामी सत्यवादी र राष्ट्रवादी पक्षका मान्छेहरू छौँ। हामी त्यस्ता साथीहरू मिलेर सबै त्यागाँैं। हामी एउटा राष्ट्रिय नीति बनाऔं र हिमाल, पहाड, तराईंदेखि महाकालीसम्मको कुल समानुपातिक प्रतिनिधित्व गर्ने सिद्धान्त पनि राखौँ। हाम्रो आफ्नो धार्मिक संस्कृति जुन छ त्यसलाई रक्षा गर्ने गरी नयाँ विचार लिएर नेपालमा यिनलाई अब शान्तिपूर्ण तरिकाले वैचारिक संघर्ष गरेर नठोकी भएन भनेर लागेको छौँ। हामी सबै मिलेर नयाँ पार्टी वा एउटै चुनाव चह्न लिएर सहमतिका साथ अगाडि बढ्ने योजनामा छौं।

कुरा विकास, समृद्धि र पहिचानको पनि छ। नेतृत्वमा त्यो क्षमता देखिएन। पार्टी गठन र विघटन भएर मात्र देश बन्छ ?
साथीहरुले मेरो नाम र अनुहार हेर्दा कता हो जाजरकोटे राजा हो भनेर भन्नु हुन्छ। चुनाव लड्न जाँदा दोलखामा पनि त्यहि भन्नुभयो। अहिलेसम्म मैले सत्य कुरा भन्दा जीवमा डर र लाज मानेको छैन। २०६२/६३ को आन्दोलनपछि मधेसमा अधिकारको लडाइँ भयो। उपेन्द्र यादवलाई हामीले संरक्षण गरेका हौं। त्यो लडाइँमा साथ दिएका हौं। जहाँ पीडा छ त्यहाँ हरिचरण पुगेको छ। पहाडको दोलखामा चुनाव लडेँ। सर्लाहीमा मेरो घर छ। सर्लाहीमा बढी भोट प्राप्त गर्नु स्वभाविक छ। काभ्रे, दोलखा, सुर्खेत र नुवाकोटमा पनि म मतदातासँग पुगेको छु। त्यसैले हरिचरण शाह हिमाल, पहाड र तराईंको मान्छे हो। नेपाली जनता दलको हिसाबले मधेसको मान्छे ठानेर मधेश केन्द्रित पार्टी भनेर भ्रम सिर्जना गर्नु आवश्यक छैन।

एकताका तपाईं आफ्नै तागतको विश्वास गर्नुपर्छ भन्नुहुन्थ्यो अहिले तपाईंको त्यो विश्वास गुमेको हो ?
छैन। म अहिलेसम्म नेपाली जनता दलमा सक्रिय भएको ३० वर्ष भयो। यो देशमा इन्जिनियरको जागिर छोडेर आएको छु। म पैसा कमाउनलाई आएको होइन। मलाई पदको लोभ छैन। तपाईंजस्तो मान्छे पार्टीलाई चाहिन्छ भनेर धेरै दलका नेताहरुले मिलेर अगाडि बढ्न आग्रह गर्नुभएको छ। मिलेर अगाडि बढौं भन्नु ठिक हो। हाम्रो उहाँहरुको एजेण्डा मिले मिलेर सहकार्य गर्न सकिन्छ। तर नेपाली जनता दल अर्काे शक्तिसँग पनि आएर तालमेल गर्छ। निश्चित रुपमा पार्टी नेतृत्व चाहिँ हामीलाई दिनुपर्छ। हामी ७/८ वटा पार्टीमध्ये नै एक ढिक्का भएर शान्तिपूर्ण आन्दोलन गर्दैछौँ। आफ्नो दिशा र दृष्टिकोण नेपालका ८० लाख भन्दा बढी मान्छे बाहिर छन्। त्यहाँबाट खर्बौ रेमिटेन्स आउँछ। इजरायलमा पढ्दै सिक्न पुगेका नेपालीको द्वन्द्वमा फसेर ज्यान गयो। अब त प्रविधिको जमना छ। इजरायलले उसको प्रविधि दिएन भने अमेरिकाले दिन्छ। त्यसले पनि नदिएर चीन वा भारतले दिन्छन्। अबको राजनीतिले कृषिलाई प्रविधिसँग जोड्नुपर्छ।

यो देशका लागि राजनीतिक नेतृत्व राजनीतिक पार्टीहरुले के उपलब्धि दिए ?
१२ कक्षा पढ्ने बित्तिकै सबै विदेश जाने तयारी थाल्छन्। कोहि डिभिको फारम भर्छन् कोहि पढ्न जान्छन्। सबै शिक्षाको पैसा बाहिर गयो। उनीहरु त्यही पढ्छन् र त्यहि जागिर खाएर त्यहि घरबार बनाएर बस्छन्। यहाँका बुढाबुढी आमाबालाई पनि बेलाउँछन्। बुढापाकालाई त्यहाँ बस्न मन लाग्दैन। तत्काल फर्किएर आउँछन्। छोराछोरीले बाबुआमाको सम्पत्ति उतै लान खोज्छन्। यसले हाम्रो सम्पत्ति पनि विदेश पुग्न थालेको छ। दक्ष जनशक्ति, शिक्षिक युवा सबै विदेश मै छन्। यसरी हेर्दा सरकार नागरिकका लागि लायक छैन। निकम्मा सरकारको नीतिको निर्माण नगरेर पैसा पनि बगेर गयो।

मेरो छोराछोरी पनि गएर पढेर आएका छन्। यहाँ केही मान्छेलाई रोजगारी दिएर कम गरेर बसेको छन्। श्रम भनेको आफ्नै देशमा गर्नु र १० जनालाई रोजगारी दिनु भनेको राम्रो हो। गैर जिम्मेवार नेताकै कारण नेपाल दक्षिण एसियामा सबैभन्दा गरिब देश भइसक्यो। यो देशको नागरिकले बोक्ने राहदानीकै मूल्य हराउने अवस्थामा पुगेको छ।

कुरा त सबैले राम्रा गर्छन्। तपाईंले उठाइ राखेका यी एजेण्डाहरु पुरा गर्न त सरकारमा जानु पर्ला नि ?
हो। अब प्रभु साह, रेशम चौधरी वा उपेन्द्र, माधव नेपाल तीन प्रतिशतको सिकार भएका छन्। नयाँ विचार लिएर सम्झौता गरौँ। देशको लागि हितमा काम गर्ने समूह एकजुट हुनुपर्छ। सबै जना मिलेर लागौँ। यसपालीको दसैंमा नव दुर्गासँग देशको अस्तिको रक्षाका लागि सद्बुद्धि दिनुहोस् भनेर मागौं। सम्पत्तिको मालिक उनीहरु बनुन्। तर देशमा उद्योग खोलुन्। रोजगारी सिर्जना गरन। हामी देश बनाउने एजेण्डामा जाऔँ भनेर मैले देवीलाई दिनदिनै प्रार्थना गर्छु। हाम्रो सनातन हिन्दु धर्ममा हामी विश्वास गर्छौँ।

सनातन हिन्दु धर्ममा विश्वास गर्नु हुन्छ संविधान लेख्ने बेलामा नेपाल धर्मनिरपेक्ष हुनुपर्छ भनेर लेख्नु भएको छ ? यो किन भयो ?
त्यसमा केपी ओली, माधव नेपाललगायत नेता होलीवानमा गए। अन्तर्राष्ट्रिय दबाब परेको थियो होला। साच्चै हाम्रो पनि त्यसमा गल्ती केही होला। मैले सैद्धान्तिक विचार दृष्टिको ५३ बुँदे संशोधन प्रस्ताव राखेँको थिएँ। आज पनि म सबैलाई समान ढंगले चुनाव लड्न दिनुपर्छ भन्छु। तर हाम्रो कुरा सुनुवाइ हुँदैन।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ९ : १७ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी