पाल्पामा फेरि दुर्घटना, ५ जना घाइते, चारजनाको अवस्था गम्भीर « Khabarhub

पाल्पामा फेरि दुर्घटना, ५ जना घाइते, चारजनाको अवस्था गम्भीर


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

आज बिहान आर्यभञ्ज्याङ–रामपुर सडकखण्ड हुँदै वीरकोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान रानीवन नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । 

घाइते हुनेमा रम्भा–४, रमाइडाँडाका २३ वर्षीय कृष्ण सारू, सोही स्थानका २७ वर्षीय नरेन्द्र दर्लामी, २२ वर्षीय दिलबहादुर कवरमगर, १९ वर्षीय मोहनसिंह दर्लामी र १८ वर्षका सुरेश सारू छन् । उनीहरूको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भ्यान सडकदेखि दुई सय मिटर तल खसेको उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसअघि हिजो पाल्पाकै रानीमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानीमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ९ : १७ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति