त्रिदेशीय टी–ट्वान्टी : नेपालले फिल्डिङ रोजेपछि यूएई ब्याटिङमा « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी : नेपालले फिल्डिङ रोजेपछि यूएई ब्याटिङमा


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी एकदिवसीय क्रिकेट सिरिजमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल भइरहेको छ । काठमाडौँको मूलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गरिरहेको छ ।

एक खेलअघि नै त्रिदेशीय सिरिजको फाइलमा स्थान बनाइसकेको नेपाल समूह चरणको अन्तिम खेलमा अपराजित यात्रालाई कायमै राख्ने उद्देश्यमा छ ।

यस्तै, यूएई पनि आजको खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । आजको खेल हारेको अवस्थामा युएईले हङकङको खेल कुर्नुपर्नेछ । हङकङ र यूएईबीचको अर्को खेल बुधबार हुनेछ ।

नेपाल यसअघिका तीन खेलमध्ये दुईमा हङकङ र एकमा युएईलाई हराउँदै फाइनलमा पुगिसकेको छ । हङकङ भने प्रतियोगितामा जित विहीन छ ।

सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ११ : ०१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण