त्रिदेशीय टी–ट्वान्टी : नेपालले फिल्डिङ रोजेपछि यूएई ब्याटिङमा | Khabarhub Khabarhub

त्रिदेशीय टी–ट्वान्टी : नेपालले फिल्डिङ रोजेपछि यूएई ब्याटिङमा


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी एकदिवसीय क्रिकेट सिरिजमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल भइरहेको छ । काठमाडौँको मूलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गरिरहेको छ ।

एक खेलअघि नै त्रिदेशीय सिरिजको फाइलमा स्थान बनाइसकेको नेपाल समूह चरणको अन्तिम खेलमा अपराजित यात्रालाई कायमै राख्ने उद्देश्यमा छ ।

यस्तै, यूएई पनि आजको खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । आजको खेल हारेको अवस्थामा युएईले हङकङको खेल कुर्नुपर्नेछ । हङकङ र यूएईबीचको अर्को खेल बुधबार हुनेछ ।

नेपाल यसअघिका तीन खेलमध्ये दुईमा हङकङ र एकमा युएईलाई हराउँदै फाइनलमा पुगिसकेको छ । हङकङ भने प्रतियोगितामा जित विहीन छ ।

सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ११ : ०१ बजे

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोट पुगेका छन् । हिजोदेखि

क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

काठमाडौँ– क्यानडा–११ विरुद्ध एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाल ‘ए’ ले

हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान

स्याङ्जा– स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान

बग्गी अगाडि, घोडा पछाडि

स्वर्गको एक भव्य रेष्टुराँमा एकदिन विचित्रको घट्ना घट्यो। त्यसदिन रेष्टुराँको