गाजा द्वन्द्व शुरु भएदेखि २९ जना कर्मचारी मारिए « Khabarhub

गाजा द्वन्द्व शुरु भएदेखि २९ जना कर्मचारी मारिए


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

तेल अवीव– प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य  निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देखीका हिंसामा उनीहरू मारिएको बताइएको छ ।

‘हामी स्तब्ध छौं, शोकमा छौं । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ’ राष्ट्रसंघ एजेन्सीले जनाएको छ । यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन् । यसैबीच, इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ । 

टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ५ : २७ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६