कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर « Khabarhub

कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ ।  

गत वर्ष सत्ताबाट हटाइएपछि उनी कानूनी झमेलमा फसेका छन् । उनले आफूलाई सन् २०२४ जनवरीमा निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक्नका लागि आरोप लगाइएको बताएका छन् । 

लोकप्रिय राजनीतिज्ञ खानलाई भ्रष्टाचारको आरोपमा अगस्टमा तीन वर्षका लागि जेल सजाय गरिएको थियो तर जब उनको सजाय उल्टियो त्यसपछि उनलाई राज्यका कागाजातहरू साझा गरेको धेरै गम्भीर आरोपमा हिरासतमा राखियो । 

“उहाँलाई आज दोषी ठहर गरिएको छ र आरोपलाई खुलारूपमा पढिएको छ”, पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी ९एफआईए० का शाह खावरले पूर्वप्रधानमन्त्री खानलाई राखिएको अदियाला जेलबाहिर भने ।

एफआईएको एक रिपोर्टअनुसार यो मामिला आफूलाई शक्तिशाली सैन्य प्रतिष्ठानद्वारा समर्थित अमेरिकी षड्यन्त्रको हिस्साका रूपमा सत्ताबाट बाहिर गरिएको भन्ने पूर्वप्रधानमन्त्री खानले पेस गरेको प्रमाणसँग मात्र सम्बन्धित रहेको छ । अमेरिका र पाकिस्तानी सेनाले खानको उक्त दाबीको खण्डन गरेका छन् । 

खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका उपाध्यक्ष एवं पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई पनि उक्त मामिलामा दोषी ठहर गरिएको छ ।  पीटीआईका एक प्रवक्ताले ‘अदालत परिसरभित्र जनता तथा मिडियाको पहुँचबिना आयोजित’ मुद्दामा दुवै व्यक्तिमाथि औपनिवेशिक युगको आधिकारिक गोपनीयता कानूनअन्तर्गत आरोप लगाइएको बताए । 

खानका वकिल उमर खान नियाजीले पत्रकारहरूसँग भने, ‘हामी यसलाई चुनौती दिनेछौँ ।’ खानका वकिलहरूका अनुसार जुन अपराधमा उहाँमाथि आरोप लगाइएको छ त्यसमा १४ वर्षको जेल सजाय हुनसक्छ र सबैभन्दा गम्भीर परिस्थितिमा मृत्युदण्डको सजायको प्रावधान छ । 

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ६ : ५० बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्