पर्यटक बढाउन पदमार्ग निर्माण | Khabarhub Khabarhub

पर्यटक बढाउन पदमार्ग निर्माण


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङका अधिकांश धार्मिक तथा पर्यटकीय गन्तव्य त्यहाँ पुग्ने पूर्वाधारको अभावमा ओझेलमा पर्ने गरेका छन् । मोटरबाटो तथा पदमार्ग निर्माण नहुँदा जिल्लाका यी पर्यटकीयस्थल छायाँमा परेका हुन् । कतिपय सडकले जोडिएका ठाउँमा पनि स्तरोन्नति गर्न नसक्दा पर्यटकलाई समस्या हुने गरेको छ ।

जिल्लाको काठेखोला गाउँपालिकाले भने पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीयस्थललाई मोटरबाटो तथा पदमार्गले जोड्ने योजना बनाएको छ । पर्यटक बढाउनका लागि गाउँपालिकाले यस वर्षदेखि पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ ।

पालिकाको वडा नम्बर ४ स्थित चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म  पुर्‍याउने गरी पदमार्ग निर्माण सुरु गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्षबाट पर्यटन प्रवद्र्धनका लागि सडक तथा पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिए ।

उनले धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि ओझेलमा परेको हुँदा पालिकाले यस वर्ष थोरै बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण गर्न थालेको बताउँछन्।

‘वसन्तापखोर निकै चर्चित र रमणीय ठाउँ हो, उच्च पहाडमा रहेको यो क्षेत्र निकै सुन्दर छ, यसले धेरैलाई आकर्षित गर्ने गरेको छ, तर अहिलेसम्म पूर्वाधारले जोडिन नसक्दा ओझेलमा परेको थियो, हामीहरुले यस वर्षदेखि पूर्वाधार विकासले जोड्नुका साथै प्रचारप्रसारलाई जोड दिएका छौँ’, उनले भने, ‘अहिले यहाँ बनाउन थालिएको पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ, तल जनजाति सङ्ग्रहालय र माथि वसन्तापखोर

गाउँपालिकाले विनियोजन गरेको रु दुई लाखबाट पदमार्ग निर्माण गरेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए। थापाले यस वर्ष करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरेको जानकारी दिए। जनजाति सङ्ग्रहालयदेखि करिब एक हजार दुई सय मिटरको दूरीमा रहेको बसन्तापखोरसम्म पदमार्ग निर्माणका लागि थोरै बजेट विनियोजन गरेर केही वर्षमै यसले पूर्णता पाउने उपाध्यक्ष थापाले बताए ।

वसन्तापखोर उच्च पहाडमा भएको हुँदा यहाँबाट दर्जनौँ हिमशृङ्खला अवलोकन गर्न सकिन्छ भने बागलुङलगायतका धेरै ठाउँ देख्न सकिन्छ ।

उपाध्यक्ष थापाले भने, ‘पर्यटक भित्र्याउन मुख्य त पूर्वाधारको विकास हुनुपर्छ । जहाँ पूर्वाधारले पर्यटकीय ठाउँ जोडिएका छन् त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।’

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ६ : ५५ बजे

आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण प्रधानमन्त्री

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

भक्तपुर – भक्तपुरका नेवाः समुदायले आज फूलपाती भित्र्याएका छन् ।

पर्वतारोहीको शव ल्याउन समस्या

म्याग्दी – धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच

प्रधानमन्त्री ओली र सभापति देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्‌घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर