अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय « Khabarhub

अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाजीगर, इश्क र रेस जस्ता चलचित्रमा काम गरेका वरिष्ठ अभिनेता दलीप ताहिललाई २ महिना जेल सजाय सुनाइएको छ । पाँच वर्षअघि २०१८ मा, दलीपले मदिरा सेवन गरी मुम्बईको खार क्षेत्रमा अटोलाई ठक्कर दिँदा एक महिला घाइते भएकी थिइन्।

ताहिललाई मादक पदार्थ सेवन गरी गाडी चलाएको र अटोलाई ठक्कर दिएको आरोप लागेको थियो। मदिरा सेवन गरी गाडी चलाएको र दुर्घटना हुँदा फरार भएको अनुसन्धानबाट खुलेको छ । तर, ट्राफिक जामका कारण उनी भाग्न सकेनन् ।

उनलाई घटनास्थलबाट खार प्रहरी चौकीमा ल्याइएको थियो, जहाँ उनले मदिरा सेवन गरेको स्पष्ट देखिएको थियो । यही प्रमाणका आधारमा ५ वर्षपछि उनलाई म्याजिस्ट्रेटको अदालतमा दोषी ठहर गर्दै २ महिनाको जेल सजाय सुनाइएको हो।

दलीप दुर्घटनापछि घटनास्थलबाट भाग्न खोजेका थिए तर गणेश विसर्जनका कारण उनी भीडमा फसेका थिए र स्थानीयले समातेका थिए । उनलाई कारबाट बाहिर निकाल्ने प्रयास गर्दा त्यहाँ उपस्थित व्यक्तिसँग उनको झगडा भएको थियो ।

मुम्बईको खार पुलिस स्टेशनका एक इन्स्पेक्टरले दलीपले रगत परीक्षणको लागि आफ्नो नमुना दिन अस्वीकार गरेको बताए ।

प्रहरीले दुर्घटनामा परी घाइते भएका तीनै जनाको स्वास्थ्य परीक्षण गरेको थियो । ताहिल मादक पदार्थ सेवन गरी लापरवाही गाडी चलाएको आरोपमा पक्राउ परे पनि पछि जमानतमा रिहा भएका थिए ।

स्रोत: एएनआई

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ८ : ५९ बजे

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका