तुलसी विवाहको पौराणिक कथा « Khabarhub

तुलसी विवाहको पौराणिक कथा


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने भएकाले धेरैले ठुली एकादशी पनि भन्ने गर्दछन् ।

धार्मिक परम्पराअनुसार हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका विष्णु भगवान् आज उठ्ने विश्वासका साथ आजको एकादशीलाई विशेष मानिन्छ ।

आजको दिन तुलसीको विवाहको दिन पनि हो । वैदिक सनातन संस्कारमा तुलसी पूजाको ठुलो महत्व छ ।

मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ ।

हिन्दु धर्मावलम्बीहरूले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ ।

तुलसी विवाहको पौराणिक कथा

पौराणिक किंवदन्ती अनुसार वृन्दा नाम गरेकी एक सद्गुणी स्त्री थिइन् । उनका पति जालन्धर क्रूर र भगवान विरोधी भएर त्रिलोकपति बनेर बसेका थिए ।

वृन्दाको पवित्रताका कारण उनका पति अजेय र शक्तिशाली रहेका थिए । जसको परिणाम महादेवले पनि उनलाई हराउन सकेनन् ।

त्यसपछि सबै देवताहरूको आदेशमा श्रीहरि (विष्णु)ले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत (सतीत्व) भंग गरिदिएको थाहा पाएर वृन्दाले आत्मदाह गरिन् ।

उनको खरानीको थुप्रोमाथि उम्रिएको एक वनस्पतिलाई विष्णुले तुलसीको नाम दिए । यस्तै सँगै रहेको एक ढुंगालाई आफ्नो रूप ठानी शालिग्रामको रुपमा प्रख्यात हुने बताए । फलस्वरुप कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्रामसँग गरिदिने परम्परा बसेको मानिन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ७ : १६ बजे

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा