मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार हिजो साँझ भएको दुर्घटनामा सिरहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंहको मृत्यु भएको हो ।

प्रवक्ता पाण्डेका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि विराटनगर लगिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ९ : १३ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको