तीनकुनेमा युवा संघको प्रदर्शन (तस्वीरहरू) | Khabarhub Khabarhub

तीनकुनेमा युवा संघको प्रदर्शन (तस्वीरहरू)


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेको भ्रातृसंगठन युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा काठमाडौँको तीनकुनेमा प्रदर्शन सुरु भएको छ ।

बिहान १० बजे भेला भइसक्ने तयारी भए पनि अझै केही स्थानबाट युवा संघ र कार्यकर्ताको र्‍याली तीनकुने आइसकेको छैन ।

तीनकुनेको प्रदर्शन स्थलमा एमाले नेता महेश बस्नेत र केही सांसदहरूको उपस्थिति देख्न सकिन्छ । पार्टीको भ्रातृ संगठनको झण्डा र रातो क्याप लगाएर कार्यकर्ता उपस्थित भएको देख्न सकिन्छ । यहाँ शान्तिपूर्ण प्रदर्शन भइरहेको छ ।

एमाले नेता महेश बस्नेतकाे नेतृत्वमा वर्तमान व्यवस्था रक्षाका लागि शक्ति प्रदर्शन गरिएको छ । कम्तीमा २० हजार युवा प्रदर्शनमा सहभागी गराउने उनीहरूको लक्ष्य छ ।

नेता बस्नेत भन्छन्, ‘यो व्यवस्थामाथि आक्रमण गर्नु भनेको एमालेलाई आक्रमण गर्नु हो त्यसैले हामीले प्रदर्शन गरेका हौं ।’

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १ : ०३ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका