सबैभन्दा बढी आयकर दाखिला गरेबापत जनसचेतन सहकारी सम्मानित  « Khabarhub

सबैभन्दा बढी आयकर दाखिला गरेबापत जनसचेतन सहकारी सम्मानित 


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर-५ मा रहेको जनसचेत बचत तथा ऋण सहकारी संस्था नेपाल सरकारलाई सबैभन्दा बढी आन्तरिक राजस्व (आयकर दाखिला) गरेबापत सम्मानित भएको छ।

बिहीबार आन्तरिक राजस्व कार्यालय धुलिखेल अन्तर्गत करदाता सेवा कार्यालय चरिकोटले १२ औँ राष्ट्रिय कर दिवस २०८०को कर सप्ताह कार्यक्रमको समापन गर्दै साकोसलाई सम्मान गरेको हो ।

साकोसले आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लामै सबैभन्दा बढी करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व तिरेको संस्थाले जनाएको छ। करदाता सेवा कार्यालय चरिकोटले मंसिर १ गतेदेखि सुरु गरेको कर सप्ताहको बिहीबार मैनापोखरी कर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरी जनसचेतन सहकारीका कोषाध्यक्ष भरत केसीलाई सम्मान पत्र प्रदान गरेको थियो।

सम्मानपत्र करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले हस्तान्तरण गरेकी थिइन। उद्योग वाणिज्य संघ मैनापोखरीको समन्वय आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कर सम्बन्धी विभिन्न विषयमा उठेका जिज्ञासालाई कर अधिकृत गौतमले सहजीकरण गरेकी थिइन्। स्वच्छ पारदर्शी र प्रविधिमैत्री सामाजिक न्याय आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ देशभर मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह आयोजना गरिएको उनले बताइन्।

यस चालु वर्षको कात्तिक मसान्तसम्म करदाता सेवा कार्यालय दोलखाबाट ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको कर अधिकृत गौतमले बताइन्।

यस आवको कात्तिक मसान्तसम्म बैंक भौचरबाट ४ करोड ९५ लाख ५७ हजार दाखिला भएको तथा ई पेमेन्टबाट ३ करोड ५९ लाख २१ हजार ३ सय ९२ रुपैयाँ दाखिला भएकाले कात्तिकसम्म ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको बताइन्।

करदाता सेवा कार्यालयले आयकर,पारिश्रमिक आयकर,पुँजीगत लाभ कर व्यक्तिगत,आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक, आयकर प्रा ली, सामाजिक सुरक्षा कर, बहाल कर, मूल्य अभिवृद्धि कर, ब्याज कर लगायतका राजस्व शीर्षकबाट उक्त राजस्व सङ्कलन गरेको हो।

सुबास बस्नेत

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  २ : ०२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२