गिडिदह प्रवर्द्धनका लाग पदमार्ग « Khabarhub

गिडिदह प्रवर्द्धनका लाग पदमार्ग


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको ताल गिडिदह प्रवर्द्धनका लाग पदमार्ग निर्माण गरिएको छ । गिडीदहमा पर्यटक बढाउने उद्देश्यले पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्वबारे थप प्रचारप्रसार सुरु गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताए। 

अप्ठ्यारो बाटो, उचित बासस्थानको अभावलगायतले गिडीदहमा पर्यटक जान कठिन छ । यहाँका सुन्दर पाटन, भेडीखर्क, तालतलैया, जडीबुटी र फूलको अवलोकनका लागि पर्यटक आकर्षित गर्न सकिन्छ । दहसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग बनाउन सुरु गरिएको हो । 

पर्यटनमार्फत आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्यसहित काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाको भनाइ छ । समुद्री सतहदेखि तीन हजार ४८२ मिटर उचाइमा अवस्थित गिडिदहमा दुईवटा दह (ताल) छन् । 

‘गिडीदहसम्म पुग्न बाटो ठूलो समस्या हो । त्यसपछि खान र बस्नको पनि समस्या छ’, वडाध्यक्ष रोकायाले भने । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत तातोपानीका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति लिएको थियो ।

 https://drive.google.com/file/d/1LDghVFZgTpGsm4dj65PrWMtGv_em-xLl/view?usp=drive_link

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ५ : ०४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया