सिंहदरबार र संसद् कब्जा गर्ने प्रसाईंको चेतावनी « Khabarhub

सिंहदरबार र संसद् कब्जा गर्ने प्रसाईंको चेतावनी


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देशमा बस्ने वातावरण नहुँदा दसैंको मुखमा पनि नेपालीहरु विदेश जान बाध्य भएको बताएका छन् ।

आज काठमाडौंको बल्खुमा गरिएको प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको शासन व्यवस्थाका कारण दसैंको मुखमा पनि देश छोड्नु परेको बताए ।

आफू यो व्यवस्थाको अन्त्य गर्न दुर्गा मातालाई साक्षी राखेर आएको भन्दै उनले मर्न तयार रहेको तर नभाग्ने बताए । प्रहरीसँग पटक–पटक झडप गरेका प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले भने ‘म भाग्दिनँ । तपाईँहरुका छोराछोरीलाई यो देशमा फर्काएर यो देशलाई फेरि पुरानो नेपाल बनाउँछु ।’

अहिले नेपालमा संघीयता नचाहिने भन्दै उनले आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका, लण्डनलगायतका देशमा लगानी रहेको दाबी गर्दै प्रसाईंले यहीं कारण देश टाट पल्टेको तर्क गरे ।

उनले नेपालमा विद्रोहको विरुवा रोपिएको भन्दै नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउने चेतावनी समेत दिए । सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्ने भन्दै उनले आजदेखि गणतन्त्र सकिएको र जनताको तन्त्र आएको दाबी समेत गरे ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ५ : ४० बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक