भोलि काठमाडौं बन्द गर्ने कार्यक्रम छैन : प्रसाईं « Khabarhub

भोलि काठमाडौं बन्द गर्ने कार्यक्रम छैन : प्रसाईं


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनयता काठमाडौंको जनवीजन अन्योलग्रस्त छ । मंसिर ७ गते महेश बस्नेत र दुर्गा प्रसाईंका कार्यकर्तावीच झडप हुने डरले यहाँका विद्यालय कलेजसमेत बन्द भए ।

आखिर प्रर्दशन एउटा क्षेत्रमा केन्द्रित भए पनि यातायात अवरुद्ध भएन । तर, सरकारले सुरक्षा दिनुको साटो आफैं गाडी नचलाउन उर्दी गरेका कारण मानिसहरु सडकमा कमै निस्किए । अधिकांश पसलहरु पनि खुलेनन् ।

मंसिर ७ गतेको प्रदर्शन सकिए पनि काठमाडौंबासीको ज्ञास भने कायमै छ । भोलि दुर्गा प्रसाईंले काठमाडौं बन्द गर्न लागेको वा नेपाल नै बन्द गर्न लागेको हल्ला चलेको छ ।

तर, प्रसाई आफैंले विहीबार साँझको पत्रकार सम्मेलनमा नेपाल बन्दको कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै भनेका छन्, ‘भोलि काठमाडौं बन्द गर्ने हामीले भनेका छैनौं । ११ बजे भात खाने, तीनकुनेमा जाने ।’ भोलिदेखि काठमाडौंमा निरन्तर कार्यक्रम गरिने प्रसाईले बताए ।

तर, बन्दको कार्यक्रम नरहेको उनले भने । काठमाडौंबासीहरु आफैं पसल बन्द गरेर कार्यक्रम हेर्न आउन सक्ने तर आफूहरुले बन्दको कार्यक्रम नराखेको उनले बताए । नेपालमा विगतमा नेपाल बन्दका कार्यक्रमहरु हुने गरे पनि अचेल बन्द हड्ताल हुन छाडेका छन् ।

खास गरी विगतमा उज्जवल थापाको नेतृत्वमा विवेकशील पार्टीले ‘नेपाल खुल्ला छ’ भन्ने अभियान चलाएपछि नेपाल बन्द हुन छाडेको हो । कसैले नेपाल बन्दको घोषणा नै गरे पनि कामठमाडौंमा त्यसको असर पर्न छाडेको धेरै वर्ष भइसकेको छ ।

विप्लव समूहले नेपाल बन्द गर्दा पनि काठमाडौं खुल्लै रहने गरेको थियो । तर, विहीबार भने त्रासकै कारण काठमाडौंका शैक्षिक संस्था र व्यापार व्यवसाय बन्द रहे ।

यो त्रास काठमाडौंबासीमा अहिले पनि जारी छ । आन्दोलन र विरोध प्रदर्शन गर्ने खुल्ला मञ्चलाई सरकारले ताला लगाएर राखेको छ । खुल्लामञ्चमा ताला ठोकेर सडकको वीचमा कार्यक्रम गर्न दिँदा जनजीवन प्रभावित बन्ने गरेको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ९ : २२ बजे

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको

एनपीएलमा पोखराले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध

पत्रकारको सूची बाहिरिएको दाबीमा कुमार बेनको व्याङ्ग्य- २८ जनामा को-को पर्‍या हो ?

काठमाडाैँ – शुक्रबार पत्रकारमाथि प्रहरीले गरेको धरपकड र हस्तक्षेपको घटनालाई

‘सरकारको स्वेच्छाचारी शैली स्वीकार्य छैन, पत्रकार पक्राउ प्रकरणमा वक्तव्य होइन परिणाम चाहिन्छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि