भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार अस्थायी आवास निर्माण गर्दै « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार अस्थायी आवास निर्माण गर्दै


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको छ ।

भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र गतिमा अघि बढाएको हो ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जाजरकोट जिल्लाको नलगाड नगरपालिका–५ स्थित रघुनाथ, ऐरारी, पोखरा, मुलीलगायत स्थानमा अस्थायी आवास निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कांग्रेसको उक्त अभियानलाई सहयोग गर्न प्रदेशसभा सदस्य डिल्लीराज सुवेदी, पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेता महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मीलगायत जाजरकोटमा पुगेर अस्थायी आवास निर्माणमा जुट्नुभएको कांग्रेसले जनाएको छ ।

उक्त अभियानमा नेविसङ्घका नेता, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवक संलग्न रहेको विश्वकर्माले बताए । अभियानमा थप क्रियाशील भएर लाग्न पार्टीका सबैलाई अपिल गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १० : ०७ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस