भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार अस्थायी आवास निर्माण गर्दै « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार अस्थायी आवास निर्माण गर्दै


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले जाजरकोट भूकम्पबाट प्रभावित बस्तीमा एक हजार अस्थायी आवास (घर–टहरा) निर्माण अभियान सुरु गरेको छ ।

भूकम्पपछि कांग्रेसले अस्थायी आवास निर्माण गर्ने घोषणा गरेसँगै कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेल नेतृत्वको टोलीले जाजरकोट पुगेर अस्थायी आवास निर्माणलाई तीव्र गतिमा अघि बढाएको हो ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जाजरकोट जिल्लाको नलगाड नगरपालिका–५ स्थित रघुनाथ, ऐरारी, पोखरा, मुलीलगायत स्थानमा अस्थायी आवास निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कांग्रेसको उक्त अभियानलाई सहयोग गर्न प्रदेशसभा सदस्य डिल्लीराज सुवेदी, पालुङटार नगरपालिकाका पूर्वप्रमुख इन्जिनियर दीपकबाबु कँडेल, कांग्रेस जाजरकोटका नेता महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मीलगायत जाजरकोटमा पुगेर अस्थायी आवास निर्माणमा जुट्नुभएको कांग्रेसले जनाएको छ ।

उक्त अभियानमा नेविसङ्घका नेता, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवक संलग्न रहेको विश्वकर्माले बताए । अभियानमा थप क्रियाशील भएर लाग्न पार्टीका सबैलाई अपिल गरिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १० : ०७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार