बारेकोटमा अझै खुलेनन् भत्किएका ४४ विद्यालय « Khabarhub

बारेकोटमा अझै खुलेनन् भत्किएका ४४ विद्यालय


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – कात्तिक १७ गते बारेकोट–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालयमा अझै सञ्चालन हुनसकेका छैनन् । बारेकोट गाउँपालिका–६ धुमास्थित कक्षा ४ पढ्ने सविन चलाउने विद्यालयदेखि घरको अवस्था देख्दा बैराग लाग्ने गरेको बताउँछन् । त्रिपालमा बसिरहेका चलाउनेको घर भत्किएपछि किताब पुरिएका छन् ।

घरभित्रको सामानसमेत निकाल्न नपाएको चलाउने परिवारले अहिले खुला आकाशमा त्रिपाल टाँगेर रातदिन कटाइरहेको छ । छोराछोरीका विद्यालयको पोशाकदेखि अन्य सामग्रीसमेत घरमै पुरिएपछि एकसरो कपडामा रहेको चलाउने परिवार सरकारले निर्माण गरिदिने अस्थायी संरचनाका बारेमा रेडियोबाट समाचार सुनेपछि केही आशा पलाएको बताउँछन् । विद्यालय पनि पूरै भत्किएका कारण छोराछोरी कहाँ पढाउने भन्नेमा दोधारमा परेको प्रदीप चलाउनेले बताउनुभयो । अन्यत्र विद्यालय सञ्चालन भएर शैक्षिक काम चलिसके पनि बारेकोटमा अझै आपत्कालीन सिकाइ केन्द्र निर्माण नभएका कारण विद्यालय सञ्चालन हुनसकेको छैन ।

भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा मानवीय क्षति नभए पनि भौतिक क्षति व्यापक छ । विद्यालय कुनै पनि सग्लो अवस्थामा नरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका विद्यालयमा युनिसेफले अस्थायी संरचना निर्माण गर्ने जिम्मेवारी लिएको छ । अन्य ठाउँका विद्यालय चर्केको भए पनि बारेकोटका सबै विद्यालय भत्केका छन् ।

बारेकोटमा मात्र ४४ विद्यालयका तीन सय १७ कक्षाकोठा ध्वस्त भएपछि विद्यालय सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष गिरीले बताए । एक सय १९ वटा शौचालयसमेत काम नलाग्ने गरी भत्किएको उहाँले जानकारी दिए । तत्काल एक सय ७३ वटा आपत्कालीन सिकाई केन्द्र निर्माण भएमा मात्र कक्षा सञ्चालन गर्न सकिने र नौ हजार आठ सय ६६ विद्यार्थी अहिले विद्यालयमा आउन नसकेको अध्यक्ष गिरीले बताए ।

दसैं–तिहारमा बन्द भएका विद्यालय हिउँदयाममा सञ्चालन हुने गरेका थिए । हिउँदमा अधिकांश पाठ्यपुस्तक पढाइ हुने समय हो । अन्य समयमा विद्यालय खुले पनि पढाइ हुने अवस्था थिएन । अस्थायीरूपमा आपत्कालीन अवस्थामा विद्यालय खुले पनि अधिकांश विद्यार्थीलाई कापी, किताब र पोशाकको आवश्यकता छ । जाजरकोटमा चार सय २३ विद्यालयमा क्षति भएको छ । भेरीमा ५५, नलगाडमा ७१ , छेडागाडमा ५३, कुशेमा ५५, शिवालयमा ४०, जुनिचाँदेमा ६५ विद्यालयमा क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ११ : ०० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको