आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस् | Khabarhub Khabarhub

आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यको पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ।शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ।

मोक्षदा एकादशी तथा गीता जयन्ती
आज मोक्षदा एकादशी अर्थात् गीता जयन्तीसमेत हो। मङ्सिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ। श्रीमद्भागवत गीता महापुराणअनुसार महाभारत युद्धमा अर्जुनले आज श्रीकृष्णबाट गीताको उपदेश पाएकाले यो दिनलाई गीता जयन्तीसमेत भनिन्छ।

एकादशीमा भगवान विष्णुको पूजा गरिन्छ। धार्मिक दृष्टिकोणअनुसार एकादशीमा व्रत लिएमा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ। एकादशीको कथा छुट्टै हुन्छ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : ३६ बजे

मिरुनालाई पाउन दयाहाङलाई ‘घर ज्वाइँ’को विकल्प

काठमाडौं- अनिल बुढा मगरले निर्देशन गरेको फिल्म ‘घर ज्वाइँ’को टिजर

स्वदेशी मह चखाउन कर्णालीदेखि काठमाडौंसम्म !

काठमाडौं – ‘आउनुहोस्‌ ! शुद्ध मह चाख्नुहोस र लैजानुहोस्‌, हाम्रो

अल्पमतमा जसपा नेतृत्वको मधेस सरकार, अब लोसपा र जनमतसहितको अर्को गठबन्धन

जनकपुरधाम– मधेस सरकारबाट प्रमुख घटकहरू नेकपा एमाले र नेकपा माओवादी

रवि लामिछानेलाई प्रधानमन्त्रीको जवाफ : जीबी राईबारे कुतर्क नगर्नू

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सरकारी संस्थाका बचतकर्ताको करोडौं

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

भद्रपुर– लामो समयपछि वर्षा भएसँगै झापाका किसान खुसी भएका छन्